विवेकशील साझा पार्टी परित्याग गरेको रञ्जु दर्शनाको घोषणा

विवेकशील साझा पार्टी परित्याग गरेको रञ्जु दर्शनाको घोषणा

काठमाण्डाै – रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर उहाँले वैकल्पिक राजनीतिक शक्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने बताउनु भएको हो ।

२०७० सालदेखि सुरु भएको राजनीतिक यात्रामा कयौँ उतारचढाव आए पनि त्यसलाई पार गर्दै आइरहेको तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको सङ्गठनको मूल नेतृत्वमै ढोङ्ग भेटिएको उहाँको पत्रमा भनिएको छ ।

उहाँले लेख्नु भएको छ , ‘सङ्घीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्गन्धित बनाएर भइरहेका सम्पूर्ण कदम, व्यवहारले आउँदाे दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ।’

Europass CV in Nepal

आफ्ना लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य नरहेको उहाँले लेख्नु भएको छ । विवेकशील साझा पार्टी भित्र अहिले विवाद बढ्दो छ । पार्टी अध्यक्ष रविन्द्र मिश्रले अस्ति संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नु भएको थियो । त्यही दिन पाण्डेले दुई सय सदस्य रहेको समानान्तर केन्द्रीय समिति गठन गर्नु भएको थियो ।

 

Europass CV in Nepal