माओवादीसंग गठबन्धन टुटेको रामचन्द्र पौडेलको घोषणा, बालकोट हिँडेका प्रचण्ड खुमलटार मोडिए

माओवादीसंग गठबन्धन टुटेको रामचन्द्र पौडेलको घोषणा, बालकोट हिँडेका प्रचण्ड खुमलटार मोडिए

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन टुटेको बताएका छन्। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर गएका बताएका हुन्। बैठकको बीचमै बालुवाटारबाट निस्केर प्रचण्ड एमाले अध्यक्ष केपी ओलीनिवास बालकोट हिडेका थिए।

बैठकपछि पौडेलले भने, ‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो । अब हाम्रो हातमा केही बाँकि रहेन । सरकार हाम्रो हातबाट बाहिर गयो । अब गठबन्धन टुट्यो हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो ।’

बालकोट नगई खुमलटार मोडिए प्रचण्ड

Europass CV in Nepal

बालुवाटार बैठक छाडेर हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै घर खुमलटार फर्किएका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भनिए पनि आफ्नै घर फर्किएका हुन् ।

यद्यपि माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु भने ओली निवास बालकोटमा छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर पुगेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए ।उनले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने सुनाएका थिए । त्यसपछि प्रचण्डले पार्टी पदाधिकारीहरुलाई गठबन्धनमा संकट आएको बताएका थिए ।