मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

टारस्थित सरकारी निवास छाड्दै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा

Himali Patrika 1 मिनेट पढाइ

निवर्तमान प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सरकारी निवास छाड्ने भएका छन्। देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन्।

आजै अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ छ। प्रचण्डको शपथअघि नै देउवा त्यसअघि नै बालुवाटार छाड्ने तयारीमा छन्। बालुवाटारबाट निस्केर पूर्वप्रधानमन्त्री देउवा कहाँ बस्न जाने हो यकिन छैन। किनभने देउवाको बूढानिलकण्ठस्थित घर मर्मत भइरहेको छ।

देउवानिकट स्रोतका अनुसार बूढानिलकण्ठस्थित देउवाको घरको भित्री भाग र बाहिर मर्मत र कोठा थप गर्ने काम भइरहेको छ। उक्त घरमा तत्काल बस्न मिल्ने अवस्था छैन। घर मर्मत नसकिएसम्म सभापति देउवा बूढानिलकण्ठकै कुनै एक होटलमा बस्ने तयारीमा छन्।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका दलहरूको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गर्न समर्थन गरेका दलहरूको बैठक बस्न लागेको हो।शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरमा सत्ता गठबन्धनको बैठक बस्ने एक नेताले बताए।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए।प्रचण्ड प्रधानमन्त्री बनेपछि सत्ता गठबन्धनको पहिलो बैठक बस्न लागेको हो। नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम छ। सरकारमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारेमा सत्ता गठबन्धनमा छलफल हुन लागेको ती नेता बताउँछन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।