मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 8 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

धमाधम मन्त्रालय छोड्न थाले बहालवाला मन्त्रीहरु

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । निर्वाचनपछि प्रधानमन्त्री नियुक्त भएसँगै धमाधम मन्त्रीहरुले मन्त्रालय छोड्न थालेका छन् । नयाँ प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार साँझ प्रधानमन्त्रीमा नियु्क्त गरेसँगै बहालवाला मन्त्रीहरुले मन्त्रालय छोड्न थालेका हुन् ।

प्रचण्ड एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। प्रचण्डले आजै शपथ लिदैछन्। प्रधानमन्त्री प्रचण्डसँगे अन्य ५देखि ७ जना मन्त्रीले शपथ लिने भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोड्ने तयारी गरेका छन्। त्यसका लागि देउवा निवास बुढानिलकण्ठमा रंगरोगन र मर्मतको कार्य भइरहेको देउवा सचिवालयले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ मन्त्रालयबाट विदा भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट सरकारमा सहभागी भएका मन्त्री श्रेष्ठ आफ्नो १ सय ८३ दिन अर्थात् ६ महिने कार्यकाल पूरा गरी सोमबार विदा भएका हुन् । यस्तै, श्रम मन्त्री शेरबहादुर कुँवर, महिला मन्त्री उमा रेग्मी, गृहमन्त्री, बालकृष्ण खाँण विदाइ भएका छन् ।

केही मन्त्रीहरु भने मन्त्रालय आउन छाडेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ, स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसी,शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सहरी विकासमन्त्री मेटमणी चौधरी, उद्योग वाणीज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, भूमि व्यवस्था तथा सहकारी मन्त्री शशी श्रेष्ठ मन्त्रालय आउन छोडेका हुन् ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।