मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

देउवाले छलफलका लागि नबोलाकोमा अपमानित महसुस भयो : गगन थापा

Himali Patrika 1 मिनेट पढाइ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारका सवालमा सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल नगर्दा आफू अपमानित महसुस गरेको बताएका छन्।पोखरामा आयोजित नेपाल साहित्य सम्मेलनमा बोल्दै थापाले सरकार निर्माणका लागि सभापति शेरबहादुर देउवाले छलफलका लागि आफूहरू नबोलाएपछि अपमानित महसुस गरेर आएको बताएका हुन्।

‘म पार्टीको निर्वाचित महामन्त्री हुँ। सांसद पनि हुँ। सभापतिले पार्टीभित्र छलफल गरेर गठबन्धनमा जवाफ दिन्छु भन्नुभएको थयो। तर उहाँको फोन कुरेर म बसिरहेँ। उहाँले सल्लाह नगरेपछि अपमानित महसुस गरेर पोखरा आएँ,’ थापाले भने।

अहिलेको परिस्थिति सर्पवाला लुडोझैँ भएको थापाले बताए। ‘तलबाट भर्‍याङ चढ्दै चढ्दै माथि पुगेको तर ९९ मा पुगेर फेरि तलझरेजस्तो परिस्थिति हो हिजोको राजनीतिक घटनाक्रम यही हो,’ थापाले भने। कांग्रेस अब सम्पूर्ण रूपमा पार्टी सुदृढीकरणमा लाग्नुपर्ने थापाको भनाइ छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।