नेपालमा दुईवटा नयाँ अन्तराष्ट्रिय स्तरका रियालिटी-शो आउँदै, पुरस्कार पहिलो हुनेलाई एक करोड

नेपालमा दुईवटा नयाँ अन्तराष्ट्रिय स्तरका रियालिटी-शो आउँदै, पुरस्कार पहिलो हुनेलाई एक करोड

इन्ट्रा  नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा नेपालकै सबैभन्दा ठूलो धनराशीको रियालिटी शोको आयोजना हुने भएको छ । ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को आज काठमाडौंको पाँच तार होटल मेरियटमा भव्य समारोहको आयोजना गर्दै घोषणा गरिएको हो ।

यसअघि ‘मेरा डान्स कप र मेरो भ्वाइस कप यूएसए’को आयोजना गरिसकेको इन्ट्रा फाउन्डेशनले अब विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई समेटर दुई रियालिटी शोको आयोजना गर्न लागेकोहो ।

१६ बर्ष माथिका नेपाली भाषीहरुले यो प्रतियोगीतामा भाग लिन पाउने आयोजकले जनाएको छ । यो प्रतियोगीतामा भाग लिन चाहने नेपाली भाषीहरुले इन्ट्रा फाउन्डेशनको एप डाउललोड गरेर आफ्नो नाम आवेदन दिन सक्नेछन् ।

Europass CV in Nepal

यी दुबै रियालिटी शोका विजेताले १–१ करोड पुरस्कार समेत पाउनेछन् । नेपालमा आजसम्म यति ठूलो धनराशीमा कुनै पनि रियालिटी शो आयोजना भएको छैन । यस्तै, दुबै रियालिटी शोको फस्ट रनरअपले ३०–३० लाख र सेकेन्ड रनरअपले २०–२० लाख पुरस्कार राशी प्राप्त गर्नेछन् ।

फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले भने–‘हामी हाम्रो संकृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संकृति र दुःखमा परेकाहरुलाई मद्दत गर्नुपर्छ । फाउन्डेशनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।’

उक्त पुरस्कार राशी नेपालमै अहिलेसम्मकै ठूलो भएको आयोजकले दाबी गरेका छन्। शिव परियार, अन्जु पन्त, पुष्पन प्रधान, सुजता वर्मा, सुरेश अधिकारी र सुनिता थेगिम निर्णायक रहेको गायन-शो रिमा विश्वकर्मा र प्रजीत रानाले होस्ट गर्ने छन्।दीलिप रायमाझी, प्रियंका कार्की, शंकर विसी, केकी अधिकारी, निर्माण राई र मिथिला शर्मा निर्णायक रहेको नृत्य-शो भने नरेश भट्टराई र सुनिता गुरुङले होस्ट गर्ने छन्।

‘हामीले धेरै सांस्कृतिक कार्यक्रम गरेका छौं। मनोरञ्जनको माध्यमबाट विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई एक सूत्रमा बाँध्ने र उनीहरूलाई नेपाली भाषाको बारेमा सधैं नै सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो,’ फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भने।

यो प्रतिषयोगितामा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरेर फर्म भर्न सक्ने छन्। मंगलबारदेखि नै फारम भर्न सक्ने आयोजकले जानकारी दिए।

जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ। अध्यक्ष अधिकारीका अनुसार नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलबाट अडिसन हुनेछ। यस्तै म्यानमार, थाइन्ण्डड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायत अन्य युरोपियन देशमा प्रतिस्पर्धीको संख्याका आधारमा अडिसन गरिनेछ। एलेन श्रेष्ठको निर्देशन रहेका यी दुई रियालिटी-शो टेलिभिजनमा प्रसारण हुने छन्। कुन च्यानलमा प्रसारण हुने भन्नेबारे टुंगो लागेको छैन।

मंगलबारको कार्यक्रममा अभिनेता राजेश हमाल, दीलिप रायमाझी, संगीतकार रञ्जित गजमेर, अभिनेत्री मिथिला शर्मा, प्रियंका कार्की, केकी अधिकारी, गायक पुष्पन प्रधान, शिव परियार लगायतको उपस्थिति थियो। इन्ट्रा फाउन्डेसनले यसअघि ‘मेरो भ्वाइस कप युएसए र मेरो डान्स कप युएसए’ आयोजना गरेको छ।