हलमा प्रदर्शनमा आइसकेका र युट्युबमा पनि रिलिज भइसकेका नेपाली फिल्महरू हुन् ‘बीर विक्रम २’ र ‘सुश्री सम्पत्ति’ । यी दुबै फिल्म हिन्दीमा डब गरेर हालसालै युट्युबमा सार्वजनिक गरियो । तर, हिन्दी डबले भ्युज भने अपेक्षित पाउन सकेका छैनन् ।
‘बीर विक्रम २’को नेपाली सँस्करणले एक करोड २० लाख भ्युज पाइसकेको छ भने ‘सुश्री सम्पत्ति’को भ्युज पनि झन्डै ५० लाख पुग्न थालेको छ । यद्यपि, यी फिल्मको हिन्दी डबको भ्युज भने निकै दयनीय छ ।
‘बीर विक्रम २’को हिन्दी डबले सार्वजनिक भएको तीन साता बित्दा ३ लाख पनि भ्युज पाउन सकेको छैन । ‘सुश्री सम्पत्ति’को हिन्दी डबले एक सातामा जम्मा २१ हजार मात्रै भ्युज पाएको छ । गत असोजमा विश्वव्यापी प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’ हिन्दी डबको कारण थप चर्चामा थियो ।
उक्त फिल्मको हिन्दीमा सँस्करणको टिजर, ट्रेलर एवं गीतले निकै राम्रो भ्युज पाएका थिए । सोही चर्चालाई देखेर हुनुपर्छ पछिल्लो समय नेपाली फिल्महरू हिन्दीमा डब भएर सार्वजनिक हुन थालेका छन् । यद्यपि, ति हिन्दी डब नेपाली फिल्मको भ्युज भने निकै दयनीय देखिएको हो ।