मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच दुई घन्टा छलफल, यस्ता छन् भोलिका लागि तय गरिएका एजेण्डा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । सत्ता साझेदार दलको बैठक भोलि बिहीबार बालुवाटारमा बस्ने भएको छ । खुमलटारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले भोलि बालुवाटारमा बैठक बस्ने निष्कर्ष निकालेको हो ।

नयाँ सत्ता गठबन्धनमा नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार प्रभु साह,अमरेशकुमार सिंह र किरणकुमार साह सामेल छन्।

सत्तासमीकरणबारे छलफल गर्न ओली प्रचण्ड भेट्न खुमलटार पुगेका थिए। करिब २ घन्टा लामो छलफलपछि ओली खुमलटारबाट बाहिरिएका छन् । दुई वर्षपछि ओली प्रचण्ड निवास खुमलटार पुगेका हुन् । यसअघि २०७७ पुस ४ गते ओली खुमलटार पुगेका थिए ।

छलफलमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय र सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तय गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार भोलिको बैठकमा सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तयलगायत विषयमा छलफल हुनेछ ।

ओली–प्रचण्डको भेट हुनु अगाडि ओली निवास बालकोट र प्रचण्डनिवास खुमलटारमा माओवादी र एमालेका दोस्रो तहका नेताहरुले छलफल गरेका थिए ।

यसअघि ओली नेतृत्वको सरकार ढाल्दा कांग्रेससहित दलसँग माओवादीको गठबन्धन बनेको थियो। चुनावसम्म त्यही गठबन्धन कायम भएको थियो । नेताहरूले पनि यही गठबन्धनले नयाँ सरकारले बनाउने बताउँदै आएका थिए। तर,प्रधानमन्त्रीमा कुरा नमिल्‍दा नयाँ समीकरण बनेर प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।