मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

इतिहासमै महँगो पारिश्रमिक लिने खेलाडी बने क्रिस्टियानो रोनाल्डो

Himali Patrika 1 मिनेट पढाइ

विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्नबाट चुकेका फुटबल ‘स्टार’ क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमानी राख्न सफल भएका छन्। विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन्।

साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर पारिश्रमिक लिने गरी उनले शुक्रबार सम्झौता गरेका हुन्।युरोपका ‘स्टार’ खेलाडी रोनाल्डो एसियाको मध्य पूर्वी मुलुकमा अधिक मूल्य लिएर अनुबन्धित हुनुलाई फुटबल र उनका प्रशंसकका लागि ऐतिहासिक क्षण बनेको छ।

रोनाल्डोले जुन २०२५ सम्म सम्झौतामा हस्ताक्षर गरेका अल नासरले जनाएको छ। पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले आफ्नो ‘करियर’मै यो सम्झौताले इतिहासमा सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीका रूपमा चिनाएको छ। उनले आफूलाई भाग्यशाली ठान्दै साउदीमा नयाँ फुटबल लिगको अनुभव गर्न आतुर रहेको बताए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।