जन्मकैद सजाय भोगिरहेका कैदी प्रहरीकै मोटरसाइकल लगेर फरार भएपछि

जन्मकैद सजाय भोगिरहेका कैदी प्रहरीकै मोटरसाइकल लगेर फरार भएपछि

दाङ ।घोराही कारागारमा कैद भुक्तान गरिरहेका कैदी प्रहरीकै मोटरसाईकल लिएर भागेका छन्। बन्दीका ‘नाईके’ समेत रहेका यमराज परियार प्रहरीको मोटरसाईकलसहित फरार भएका हुन् ।

छालामा समस्या भएको भन्दै उपचारको ‘बहाना’ मा प्रहरी जवान धनवहादुर चौधरीको मोटरसाईकल चढेर राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुगेका परियारी अस्पताल परिसरबाट फरार भएका हुन् ।

एक प्रहरीजवानसहित अन्य पाँच जनाको मिलोमतोमा कैदी यमराज परियारलाई भगाइएको खुलेपछि डिएसपीको मुकुन्द रिजाललको कमाण्डमा प्रहरी परिचालन गरिएको एसपी सुरेश काफ्लले बताए ।

Europass CV in Nepal

जिल्ला प्रहरी प्रमुख काफ्लेका अनुसार बिहीवार उपचारका लागि अस्पताल लगिएको अवस्थामा प्रहरीकै मोटरसाइकल लिएर फारर भएको घटनामा संलग्न प्रहरीजवानसहित ४ जना नियन्त्रणमा लिइएको छ ।

फरार कैदीको भने खोजी कार्य भइरहेको प्रहरी प्रमुख काफ्लले बताए । प्रहरी जवान चौधरीलाई हिजो नै हिरासतमा राखिएको थियो । आज थप दुई जनालाई पक्राउ गरिएको छ । उनीहरुको नाम भने खुलाइएको छैन ।

कर्तव्य ज्यान मुुद्धामा २० वर्ष कैद तोकिएका राजपुर गाउँपालिका ३ घर भएका २९ वर्षीय यामराज परियार छाला उपचार गर्न बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पुगेको अवस्थामा प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए ।

परियारलाई उपचार गर्न लगेका प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प ४१० नम्बरको १५० सीसीको निलो कालो पल्सर मोटरसाइलसहित अस्पतालबाट भागेपछि हिजोदेखि नै प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको छ । तस्विर : प्रतिनिधात्मक/गुगल 

Europass CV in Nepal