साउदीमा रोनाल्डोका नयाँ प्रशिक्षक नै मेस्सीका फ्यान निस्किएपछि रोनाल्डो चकित

साउदीमा रोनाल्डोका नयाँ प्रशिक्षक नै मेस्सीका फ्यान निस्किएपछि रोनाल्डो चकित

१८ फागुन, काठमाडौं । क्रिष्टियानो रोनाल्डोका प्रशिक्षक रुडी गार्सियाले लिओनल मेसीलाई पहिला ल्याउन चाहेको भन्दै ठट्टा गरेका छन् ।साउदी अबरको क्लब अल नासरले हालै मात्र पोर्चुगिज स्टार रोनाल्डोलाई महँगो मूल्यमा क्लबमा अनुबन्ध गरेको छ । यो क्लबले सर्जिओ रामोस लगायतका स्टार खेलाडीहरुलाई पनि भित्र्याउन चाहेको छ ।

२०२२ को अन्त्यमा रोनाल्डोलाई अनुबन्ध गरेको घोषणा गरेको अल नासरका प्रशिक्षक गार्सिया भने मेसीका फ्यान देखिएका छन् । क्लबको पत्रकार सम्मेलनमा रोनाल्डोको अनुबन्धबारे सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘मैले त मेसीलाई दोहाबाट सिधै ल्याउने प्रयास गरेको थिएँ ।’

पिएसजी क्लवले मेस्सी र नेयमारको अभावमा खेल हार्यो 

Europass CV in Nepal

स्टार फरवार्डद्वय लियोनेल मेस्सी र नेयमार अनुपस्थित रहेको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले हार बेहोरेको छ ।
फ्रान्सेली लिगको दोस्रो स्थानमा रहेको आरसी लेन्सले पिएसजीलाई ३-१ ले पराजित गरेको हो । पिएसजीले खेलको सुरुवातमै पछि परेर बराबरी गरेपनि घरेलु टोलीेले दुई गोल थप्दै जित पक्का गर्यो । यो पिएसजीले जारी सिजनमा भोगेको पहिलो हार हो ।

प्रेम्स्ला फ्रान्कोस्कीले पाँचौ मिनेटमा गोल गर्दै लेन्सलाई अग्रता दिलाए । पिएसजीका ह्युगो एकिटिकेले तीन मिनेटपछि नै बराबरी गोल फर्काए । २८ अ‍ौं मिनेटमा लुइस अ‍ोपेन्डाले सेको फोफानाको पासमा गोल गर्दै पुन अग्रता दिलाए ।

दोस्रो हाफको तेस्रो मिनेटमै लेन्सले अग्रता बढायो । एलेक्सिस क्लाउड मरिसले गोल गर्दै ३-१ ले अघि राखे । पिएसजीले त्यसपछि आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन । लिगको १७ अ‍ौं खेलमा पराजय भोगेपनि पिएसजी ४ अंकले अघि छ ।

स्टार फरवार्डद्वय लिओनेल मेस्सी र नेयमार अनुपस्थित भएको खेलमा किलीयन एमबाप्पेले आक्रमणको जिम्मेवारी सम्हालेका थिए । तर उनले गोल गर्न भने सकेनन् । मेस्सी अर्जेन्टिनालाई फिफा विश्वकप कतार २०२२ को उपाधि दिलाएपछि क्लब फर्केका छैनन् । उनी यसै साता फ्रान्स फर्कने क्लबले जनाएको छ ।

यता नेयमार भने प्रतिबन्धका कारण आजको खेलमा उपस्थित थिएनन् । ब्राजिलियन फरवार्डले स्ट्रासबर्गविरुद्ध पछिल्लो खेलमा रातो कार्ड पाएपछि खेल गुमाए । उनले उक्त खेलमा विपक्षीको पेनाल्टी क्षेत्रभित्र डाइभ हानेपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाउँदै बाहिर पठाएका थिए । पिएसजीको १७ खेलमा ४४ अंक छ । लेन्स १७ खेलमा ४० अंक जोड्दै पछ्याइरहेको छ ।

 

Europass CV in Nepal