मुख्य सामग्रीमा जानुहोस्
Friday, 18 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
कला मनोरञ्जन

मिस युनिभर्समा भाग लिन अमेरिका प्रस्थान गरिन् सोफिया भुजेल

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । मिस युनिभर्स प्रतियोगितामा भाग लिन ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् । पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले उनलाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्‍यो ।

अमेरिका प्रस्थान गर्नुअघि सोफियाले ताज जित्न आफू उत्साहित रहेको बताइन् । ‘म आफ्नो उत्कृष्ट प्रस्तुति मिस युनिभर्सको स्टेजमा दिनेछ,’ उनले भनिन्, ‘आफ्नो तयारीप्रति ढुक्क छु ।’

मिस युनिभर्स नेपालको आयोजक टिम पनि ‘मिस युनिभर्स’को ७१ औं श्रृंखलाको ताज नेपाल भित्रिनेमा आशावादी देखिएको छ । यसपटकको मिस युनिभर्सको प्रतिस्पर्धा अमेरिकाको लुसियानास्थित न्यु अर्लियन्समा हुँदैछ । जनवरी १४ मा हुने फिनालेमा ८५ भन्दा बढी देशका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।

मिस युनिभर्स नेपालको आयोजक टिम पनि ‘मिस युनिभर्स’को ७१ औं श्रृंखलाको ताज नेपाल भित्रिनेमा आशावादी देखिएको छ । पेजेन्टमा सोफियाले नेपाली संस्कृति झल्किने कस्ट्युम तयार पारेकी छन् ।

यसपकको मिस युनिभर्सको प्रतिस्पर्धा अमेरिकाको लुसियानास्थित न्यु अर्लियन्समा हुँदैछ । जनवरी १४ मा हुने फिनालेमा ८५ भन्दा बढी देशका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् । सोफियाले आफूलाई साथ दिन सबै नेपालीसँग आग्रह पनि गरेकी छिन् । गत अगस्टमा काठमाडौंको याक एण्ड यति होटलमा भएको प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस युनिभर्स नेपाल’को ताज जितेकी थिइन् ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।