मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

चितवनका सन्तोष न्यौपाने भारतको संस्कृत विश्वविद्यालयमा सर्वोत्कृष्ट

Himali Patrika 1 मिनेट पढाइ

चितवनका सन्तोष न्यौपानेले भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा प्रथम भएका छन्। भरतपुर महानगरपालिका– २५, शुक्रनगरका सन्तोष न्यौपानेले ज्योतिष संकायतर्फ स्नातकोत्तर (आचार्य) मा सर्वाधिक अंक प्राप्त गर्ने विद्यार्थी बनेका हुन्।

फलित ज्योतिषमा १३ सय ४४ अंक ल्याएका उनी ज्योतिष शास्त्रमा नै सबैभन्दा धेरै नम्बर ल्याउने विद्यार्थी बन्न सफल भए । विश्वविद्यालयको ४०औँ दीक्षान्त समारोहमा उनलाई विश्वविद्यालयसँगै फलित ज्योतिष विधामा उत्कृष्ट बनेको भन्दै दुईवटा स्वर्ण पदकले सम्मान गरिएको थियो।

सामान्य किसान परिवारमा हुर्किएका न्यौपानेले नेपालमा एसएलसी पास गरेपछि भारत गएर संस्कृत पढेका थिए। उत्कृष्ट बनेसँगै न्यौपाने पिएचडीको तयारीमा लाग्ने बताए। न्यौपानेले संस्कृत र संस्कृतिको विकासका लागि सधैँ क्रियाशील रहने बताउँदै सनातन संस्कृति रक्षार्थ सबै नेपालीलाई एकजुट हुन आग्रहसमेत गरे।

स्नातक (शास्त्री) तहमा १२ अंक कम हुँदा उनी मेडलबाट चुकेका थिए । यद्यपि अहिले उनै न्यौपानेले आफ्ना प्रतिस्पर्धीभन्दा एक सय ४७ अंक बढी ल्याउँदै विश्वविद्यालय प्रथम बनेका हुन् ।

सन् १७९१ मा स्थापना भएको यस विश्वविद्यालय भारतको प्राचीनमध्येको एक विश्वविद्यालय हो। यहाँ भारतसहित नेपाल, थाइल्यान्ड, बर्मालगायतका देशबाट विद्यार्थीहरू पढ्न आउँछन् ।

उनीसँगै नवलपुर दलदलेका कृष्ण भुर्तेलले नव्य न्याय (ज्योतिषशास्त्रीय विधा) र बाजुरा बडिमालिकाका सिद्धराज उपाध्यायले पुराण इतिहासमा १–१ स्वर्ण पदक प्राप्त गर्दै विश्वविद्यालय प्रथम बनेका छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।