बाबुराम भट्टराईको प्रश्न : पहाडैपहाड भएकाे देशमा भ्यु–टावर बनाउँछाैँ भनेर नेताहरूले हावादारी कुरा गर्ने ?

बाबुराम भट्टराईको प्रश्न : पहाडैपहाड भएकाे देशमा भ्यु–टावर बनाउँछाैँ भनेर नेताहरूले हावादारी कुरा गर्ने ?

काठमाण्डाै । सत्ता साझेदार राष्ट्रिय जनता पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेताहरूले पहाडैपहाड भएको देशमा भ्यु–टावर बनाउने हावादारी कुरा गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्न इन्जिनियरहरूलाई आग्रह गर्नुभएकाे छ ।

आज शुक्रवार नेपाल इन्जिनियर्स एसाेसिएशनले काठमाण्डाैमा आयाेजना गरेको कार्यक्रममा नेता भट्टराईले यस्ताे बताउनुभएकाे हाे । उहाँले दक्षिण एसियाली देशहरू प्राविधिकहरूको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

उहाँले भन्नुभयाे, ‘पहाड आफैँ भ्युटावर हाे नि हाम्राे ! त्यहाँ भ्युटावर किन चाहियाे ? साधन स्राेतकाे दुरुपयाेग, जनता पनि कुरै नबुझी विकास भनेकाे भ्युटावर नै हाे रहेछ भन्ठान्छन् अनि एउटा भ्युटावर बनाइदिनुपर्‍याे भन्छन् । नेताहरूले यस्ताे हावादारी कुरा गर्ने हाे ? नेताले सही कुरा जनतालाई बुझाउन पर्दैन ?’  अध्यक्ष भट्टराईले नेपालमा विकास, निर्माणलाई अघि बढ्नै नदिने खालका सोचहरू आइरहेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो ।

Europass CV in Nepal

Europass CV in Nepal