मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अविवाहित दिपाको सिउँदोमा सिन्दुर किन ? दिपकराज गिरीसँग चन्द्रा गिरी भालेश्वर मन्दिरमा देखिएपछि

Himali Patrika 1 मिनेट पढाइ

सिउँदोभरी सिन्दुर लगाएर दिपकराज गिरीसँग चन्द्रा गिरी स्थित भालेश्वर मन्दिरमा भेटिएपछि दीपाश्री निरौला विवादमा परेकी छिन् । दिपक र दिपाका साथमा त्यहाँका मूल पुजारी विदुर न्यौपाने पनि छन्।

अविवाहित भनिएकी दिपाको सिउँदोमा सिन्दुर देखिएको छ भने सँगै रहेका दिपकराज गिरीका श्रीमती र ३ सन्तान छन्। दीपक हजुरबुवा बनिसक्दा पनि दीपा भने अविवाहित नै छिन्। खैरो छालाको जुत्ता, जिन्स पाइन्ट, कुर्था र ज्याकेटमा देखिएका दीपकका साथमा देखिएकी दीपा रातो साडीमा सजिएकी देखिन्छिन्।

यो पहिरनमा बनाएको टिकटक न्यौपानेले आफ्नो टिकटक एकाउन्टमा राखेका छन्। भिडियोमा दीपकले पश्चिमी शैलीमा भनेका छन्, ‘भालेश्वर दर्शन आया हो, गुरुबासँग भेट भया हो, अब भालेश्वरले हामी सबैलाई रक्षा गरुन्। जय होस्।’

अहिले यो भिडियो भाइरल भइरहको छ। अविवाहित दीपाको सिउँदोमा सिन्दुर देखेपछि दर्शकले विभिन्न अड्कबाजी गरिरहेका छन्। धेरैले दीपाको विवाह भएको भनेर प्रश्न गरेका छन्। मनसुन नामकी प्रयोगकर्ताले दीपककै शैलीमा प्रश्न गरेकी छिन् ‘दर्शन गर्न गया हो कि बिहे गर्न गया हो? कुरो बुझ्न गाह्रो भया हो। दिपाको सिउँदो मा सिंदुर हामी जन्ताले देख्या हो।’

दीपकले दीपाको विवाह भएको तर फिल्मका लागि बिहे भएको बताएका छन्। फिल्म ‘छक्का पन्जा ४’ छायांकनका क्रममा उक्त तस्बिर लिएको दीपकले बताएका छन्। उनी भन्छन्, ‘हामी छक्का पञ्जा ४ को सुटिङका लागि चन्द्रागिरि गएका थियौं। गुरुबाको आग्रहमा टिकटक बनाएका हौं।’ दीपकलाई भिडियोमा आएको कमेन्ट पढ्नु भयो त भनेर गरिएको प्रश्नमा भने, ‘त्यस्तो काम गर्नुहुन्न, आफू सही हुनुपर्छ कमेन्ट आइरहन्छन्।’

हेमराज बिसीको निर्देशनमा छायांकन भैरहको फिल्म ‘छक्का पन्जा ४’को छायांकनसँगै पोस्ट प्रोडक्सनको काम पनि भइरहेको छ। केदारप्रसाद घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माता रहेको फिल्म आगामी फागुन १९ गतेबाट रिलिज हुने तयारीमा छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।