गृहमन्त्री लामिछानेलाई पूर्व डिआइजीको चुनौती, हुकुमी शासनले चल्दैन मन्त्रीज्यू !

गृहमन्त्री लामिछानेलाई पूर्व डिआइजीको चुनौती, हुकुमी शासनले चल्दैन मन्त्रीज्यू !

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत बुधबार एक निर्देशन जारी गर्दै प्रहरीले अफिसियल कामको सिलसिलामा बाहेक नेता भेट्न पूर्व स्वीकृति लिनुपर्ने नियम लागू गरे ।

कसैले त्यस विपरीत भेटेको पाइएमा उनीहरूमाथि कारबाही गर्ने चेतावनी समेत दिए । तर उहाँको भनाइपछि पनि प्रहरीले नेता भेट्ने क्रम रोकिएको छैन भने यसको विरोध पनि शुरु भएको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहले गृहमन्त्री लामिछाने लक्षित आजको दुनियाँ हुकुमी शासनले नचल्ने टिप्पणी गरेका छन् । ‘आजको दुनियाँ हुकुमी शासनले चल्दैन मन्त्रीज्यू, हुकुमी शासन फालेर लोकतन्त्र ल्याएको होइन र ? जे गर्नु छ कानूनअनुसार गर्नुस् । कानून छैन भने बनाएर लागू गर्नुस्,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

Europass CV in Nepal

काम गर्न हल्ला र चटक नगर्नसमेत गृहमन्त्री रविलाई पूर्वडीआईजी शाहको सुझाव छ । ‘मन्त्री हुनु भनेको सर्कसको चटके होइन । जे पायो त्यै खोक्न र स्टन्ट गर्न बन्द गर्नुस् । सन्दुक रुईत, भगवान कोइराला र कुलमानले स्टन्टबाजी गरेर नागरिकको मन जितेका होइनन् । परिणाम दिएर जितेका हुन्,’ उनले अगाडि भनेका छन्, ‘काम गर्न हल्ला र चटक गर्नु पर्दैन । बेलैमा सद्बुद्धि आओस् ।’  मकालु खबर