नेपालमा एमालेबाहेक अरु कोही कम्युनिस्ट छैन : केपी शर्मा ओली

नेपालमा एमालेबाहेक अरु कोही कम्युनिस्ट छैन : केपी शर्मा ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा एमाले बाहेक अरु कम्युनिस्ट पार्टी नै नभएको जिकिर गरेका छन् । उनले माधवकुमार नेपाल, पुष्पकमल दाहाल, बामदेव गौतम र झलनाथ खनालहरू वामपन्थी नभई ‘हामपन्थी’ भएको आरोप लगाए ।शनिबार गृहजिल्ला झापाको बिर्तामोडमा एमाले जिल्ला कमिटीले आयोजना गरेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

यस क्रममा उनले मुलुकमा अहिले एमाले बाहेक वामपन्थी नै नभएको दाबी गरेका हुन् । ‘कम्युनिस्ट सरकार ढालेर । वामपन्थी सरकार ढालेर कांग्रेसको सरकार बनाइदिनेहरू वामपन्थी हुन् ? कांग्रेस वामपन्थी हो ? कांग्रेसको पछि लाग्ने वामपन्थी हुन्छन् भने माउ चाहिँ त खाँटी वामपन्थी हुन्छन् होला नि त ?’ कांग्रेसको पछि लाग्नेहरू वामपन्थी नभई हामपन्थी भएको उनको आरोप थियो।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले माधव नेपाल, पुष्पकमल दाहाल, बामदेव गौतम र झलनाथ खनाल एमाले नेतृत्वको सरकार ढाल्ने मुख्य आयोजक भएको पनि उनको आरोप थियो ।

Europass CV in Nepal

पाँच दलीय गठबन्धन देशको अहिलेको मूल प्रतिक्रियावादी शक्ति भएको पनि ओलीको आरोप छ । र गठबन्धन देशका लागि हानिकारक रुपमा अघि बढेको पनि बताए ।यस्तै फागुनमा गराउनुपर्ने स्थानीय चुनाव गठबन्धन सरकारले मंसिरमा पुर्‍याउने चलखेल गरिरहेको पनि उनले आरोप लगाए ।

‘यिनीहरू समयमा निर्वाचन गराउने नीतिमै छैनन् । यिनीहरूलाई लोकतन्त्रसँग कुनै मतलब छैन’ ओलीले भने,‘स्थानीय तहको निर्वाचन ऐन कानुन बमोजिम भन्ने हो भने फागुनमा गर्नुपर्ने हो । तर, यिनीहरूले मंसिरमा पुर्‍याउने स्थिति छ ।’

ओलीले निर्वाचन आयोगले चुनाव गराउनुपर्ने पटकपटक जानकारी गराउँदा समेत सरकार मुखमा भोटे ताल्चा लगाएर बसेको टिप्पणी गरे । ‘निर्वाचन आयोगले चुनाव गर्नुपर्छ भनिरहेको छ, सरकार चुप लागेर बसेको छ । मुखमा भोटे साँचो लाएर । कहिले गर्छ निर्वाचिन ?’ उनले सोधे । यस्तै उनले गठबन्धनमा आवद्ध दलहरूलाई ‘पञ्चरंगी’ र ‘पश्चगामी तत्व’को संज्ञा दिए ।

Europass CV in Nepal