मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आफ्नै छोरा र ज्वाइँ मिलेर भारतीय सुटरबाट धानुक दासको हत्या गर्न लगाए

Himali Patrika 1 मिनेट पढाइ

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको पाइएको छ । ४० वर्षीय मोटर मिस्त्री दासको गत पुस ९ गते शनिबार साँझ आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

दासको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उनका छोरा र ज्वाइँसहित ३ जनालाई पक्राउ गरेको छ भने एकजना अझै फरार छन् । दासको हत्यामा संलग्न रहेको आरोपमा दासका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र नगराईन नगरपालिकास्थित जटहीका सुटर रञ्जित यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतक धानुक दासका ज्वाइँ उदय दास मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका चालक हुन् । तीनैजनालाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनामा संलग्न भारत बिहारको खजुली बस्ने आकाश भनिने सोनु मिश्रा फरार रहेको प्रहरीले जनाएको छ ।

घरमा सम्पत्तिको विवादमा कुरा नमिल्दा छोरा र ज्वाइँ मिलेर उनको हत्याको योजना बुनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । छोरा प्रदीपले नै ५ लाख रुपैयाँमा सुटरसंग डिल गरेर हत्या गराउन लगाएको प्रहरी स्रोतको दावी छ । प्रहरी स्रोतका अनुसार सुटरहरुलाई दुई पटकमा गरी ३ लाख रुपैयाँ दिइसकिएको र २ लाख रुपैयाँ दिन बाँकी रहेको जनाइएको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।