साउथ इन्डियन फिल्ममा अभिनेत्री आँचल शर्माको डेब्यू

साउथ इन्डियन फिल्ममा अभिनेत्री आँचल शर्माको डेब्यू

काठमाडौं । अभिनेत्री आँचल शर्माले साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी छन् । अभिनेत्री आँचलले नेपालमा १५ दिनसम्म छायांकन गरिएको तेलुगु फिल्म ‘हिटम्यान’मार्फत् साउथ इन्डियन फिल्ममा डेब्यू गरेकी हुन् ।

काठमाडौं र पोखरामा छायाङ्कन गरिएको ‘हिटम्यान’मा आँचलले मुख्य भूमिकामा अभिनय गरेकी हुन् । फिल्ममा आँचलले नेपालीमै संवाद बोलेकी बताइएको छ । ‘हिटम्यान’मा आँचलको अपोजिटमा तेलुगुस्टार विष्णु अधिकारी रहेका छन् । विष्णु फिल्मको निर्देशकसमेत हुन् ।

नेपाल र भारतमा छायाङ्कन गरिएको यस फिल्मको नेपालको दृश्यमा अभिनेत्री आँचल देखिने छन् । अभिनेत्री आँचलले आफ्नो अनुहार उताका कलाकारको अनुहारसँग मिल्ने भएकाले फिल्ममा काम गरेको बताएकी छन् ।

Europass CV in Nepal

भारतबाट नेपाल आउने टिमसँग आफ्नो भेट भएपछि कथा अगाडि बढ्ने र भारतमा प्रदर्शन गर्दा आफ्नो संवादमा सब टाइटल समावेश हुने अभिनेत्री आँचलले बताएकी छन् । दीपक अधिकारीले निर्माण गरेका ‘हिटम्यान’ फिल्मलाई वाईएस शेखरले छायाङ्कन गरेका हुन् । फिल्मलाई आगामी मार्चमा दर्शकमाझ रिलिज गर्ने निर्माण टिमको योजना रहेको छ ।

Europass CV in Nepal