मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

विवाहको २३ वर्षपछि श्रीमतीसंग अलग हुँदै साउथ फिल्मका सुपरस्टार थालापथी विजय

Himali Patrika 1 मिनेट पढाइ

साउथ फिल्मका सुपरस्टार थालापथी विजय यतिबेला आफ्नो आगामी फिल्म वारिसुलाई लिएर चर्चामा छन् । यसैबीच उनको व्यक्तिगत जीवनलाई लिएर सामाजिक सञ्जालमा पनि निकै हलचल भइरहेको छ । वास्तवमा यी दिनहरुमा थालपथी विजयले आफ्नी श्रीमती संगीतासँग सम्बन्धविच्छेद गर्न लागेका खबरहरु आइरहेका छन् । उनीहरु विवाहको २३ वर्षपछि अलग हुने निर्णय गरेका छन् ।

फिल्म निर्माता एट्लीकी श्रीमतीको बेबी शावरबाट संगीता बेपत्ता हुँदा डिभोर्सको खबर आएको थियो । यसपछि डिभोर्सको खबर आएपछि उनी वारिसुको ट्रेलर लञ्च कार्यक्रममा पनि देखिएनन् । यद्यपी सम्बन्धविच्छेदका सम्बन्धमा उनीहरुले अहिलेसम्म आफ्नो तर्फबाट केही भनेका छैनन् ।

डिभोर्सको खबर बाहिर आएपछि विजयका फ्यानहरु निकै निराश छन् । धेरै मिडिया च्यानलहरुले सम्बन्ध विच्छेदको खबरलाई अफवाह मात्रै भन्दै आएका छन् । पिंकभिल्लाको एक स्रोतले विजय र संगीताको सम्बन्धविच्छेदको खबर पूर्णतया निराधार भएको दाबी गरेको छ उनीहरुका अनुसार समाचार कहाँबाट सुरु भयो हामीलाई थाहा छैन भन्ने प्रतिक्रिया रहेको छ ।

मिडिया च्यानलले संगीता आफ्ना छोराछोरीसँग छुट्टी मनाउन गएका कारण बेबी शावर र वीरसुको ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी हुन नसकेको दाबी गरेको छ । छिट्टै थलपति विजय पनि आफ्नी श्रीमती र परिवारसँग बिदा मनाउन जाने बताइएको छ ।

विजय र संगीताको विवाह भएको करिब २३ वर्ष भइसकेको छ । यो जोडीले २५ अगस्ट १९९९ मा विवाह गरेको थियो । उनीहरु दुबै एक अर्काको प्रेममा परेर दुबैले विवाह गर्ने निर्णय गरेका थिए। दुवैले त्यस अवधिमा हिन्दू र क्रिस्चियन दुवै धर्ममा विवाह गरेका थिए  । सन् २००० मा यो दम्पतीले जेसन सञ्जय नामको पहिलो बच्चालाई जन्म दिए, जबकि २००५ मा छोरीको जन्म भयो।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।