मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

आइतबारदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति सुरु

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जानका लागि आइतबारबाट विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गर्ने भएको छ ।

श्रम प्रवक्ता डण्डुराज घिमिरेका अनुसार काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रित गर्दै लैजाने सरकारको नीति अनुसार विराटनगर र जनकपुरबाट श्रम स्वीकृति प्रदान गर्ने सेवा थप गरिएको हो । यसअघि संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लगायत सेवाहरु पोखरा र बुटबलबाट सुरु गरिएको थियो । सुर्खेत र धनगढीबाट भने पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिँदै आएको छ ।

घिमिरेले चार स्थानबाट संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति र दुई स्थानबाट पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान भएको बताए । ‘श्रम स्वीकृतिका लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने छैन । सवै सेवा अनलाइन प्रणालीमार्फत नै पाउने व्यवस्था गरिएको छ’, उनले भने ।

श्रम मन्त्रालयले समयमा नै श्रम स्वीकृतिको लागि अनलाइन मार्फत् आवेदन दिन आग्रह गरेको छ । ‘संस्थागत र व्यक्तिगत श्रम स्वीकृतिका लागि समयमा नै अनलाइन आवेदन नगर्ने अवस्था छ । श्रम स्वीकृतिका लागि आवेदन गर्नुअघि नै टिकट खरिद गर्ने, कम्प्युटर प्रणालीबाट निर्धारण हुने मिति र समयका आधारमा स्वीकृति प्रदान गर्ने प्रणाली विपरीत अन्तिम समयमा मात्र पेस गर्ने प्रवृत्ति देखिएको छ’, उनले भने,‘यस्तो हुनु भनेको सुधारका दृष्टिकोणले उपयुक्त नभएकोले समयमै आवेदन गर्न मन्त्रालयको आग्रह छ ।’

‘लिभिङ विथ आइसीटी’ले वैदेशिक श्रम स्वीकृतिमा अनलाइन प्रणाली पूर्ण रुपमा लागू गरी सरकारी सेवा तथा सुविधालाई विद्युतीयकरण गरी नागरिकलाई प्रविधि मैत्री सेवा दिन सफल भएको भन्दै वैदेशिक रोजगार विभागलाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।