मुख्य सामग्रीमा जानुहोस्
Thursday, 29 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

दार्चुलामा घाँस काट्न भारत जानेक्रममा तुइनबाट खसेर एक जना बालक बेपत्ता

Himali Patrika 1 मिनेट पढाइ

दार्चुला । दार्चुलामा तुइनबाट खसेर एक जना बालक बेपत्ता भएका छन् । व्यास गाउँपालिका वडा नम्बर ४ डोकटमा रहेको कौनेणी तुइनबाट खसेर स्थानीय १० वर्षका बालक दीपेन्द्र बिष्ट बेपत्ता भएका हुन् ।

घाँस काट्न भारतीय भूमीतर्फ गएकी आमासँगै गएका बालक तुइनबाट खसेका व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले उज्यालोलाई जानकारी दिनुभयो । घटना गएको बिहिबार नै भएको भए पनि सञ्चार सुविधा नभएकोले आज मात्रै थाहा भएको उहाँले बताउनुभयो ।

उपाध्यक्ष कुँवरले भन्नुभयो ‘त्यहाँ स्थायी तुइन छैन, स्थानीयले भारत तर्फबाट घाँस ल्याउन सिजनमा तुइन राख्ने गरेका छन् ।, घाँस काट्न गएकी आमासँग पछ्याउँदै गएका बालक नदीमा खसेका परिवारले बताएका छन् ।’

जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाबारे औपचारिक जानकारी नआएको बताएको छ । बिहिबार भएको घटनाबारे आज मात्रै थाहा पाएपछि बुझ्नको लागि घटनास्थलमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिनुभयो । हराइरहेका बालक ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत रहेका उपाध्यक्ष कुँवरले बताउनुभयो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।