देउवा-प्रचण्डले गरे एक-अर्काको खुलेर प्रशंशा

देउवा-प्रचण्डले गरे एक-अर्काको खुलेर प्रशंशा

११ पौष, काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा रोचक दृश्यहरु देखिए । हाँसो र व्यङ्ग्यहरु सुनिए । सबैभन्दा रोचक प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक अर्काको खुलेर प्रशंशा गरे ।

सुरुमा बोलेका देउवाले प्रचण्डकै कारण संविधानसभा चुनाव भएको बताए । प्रचण्डको अगुवाईमा संविधानसभा भएको बताए । उनले अहिलेको देशमा भएको उपलब्धिमा प्रचण्डलाई नायक जसरी प्रस्तुत गरे । देउाले भने,‘संविधान बनाउने काममा प्रचण्डको सबैभन्दा महत्वपूर्ण योगदान छ ।’ काँग्रेसले २००७ सालमा उठाएको संविधानसभा प्रचण्डको अगुवाईमा पूरा भएको बताए ।

देउवाले आफ्नो खुलेर प्रशंशा गरेपछि प्रचण्डले पनि देउवाको प्रशंशा गरे । देउवालाई निर्दोष जस्तो लाग्ने र ठूलो स्टेटमेन्ट दिने नेता भने । उनले भने,‘बढो निर्दोष लाग्ने देउवाजीले सबै प्रचण्डले गर्दा भयो भन्दिनुभयो । ठूलो स्टेटमेन्ट दिनुभयो ।’

Europass CV in Nepal

देउवा इतिहासको खास खास मोडमा ठूलो स्टेटमेन्ट दिने र त्यसले देशको राजनीतिमा दूरगामी असर पर्ने गरेको सुनाए । उनले भने,‘जतिबेला म विद्रोहीको नेता थिएँ उहाँले प्रचण्ड बहादुर नेता हो भन्दिनुभयो ।’

प्रचण्डले देउवासँग राजनीतिक इमान्दारिता समेत भएको टिप्पणी गरे । बोलेको पूरा गर्ने नेताका रुपमा विश्लेषण गरे । आफूलाई विगतमा देउवाले राजनेता सम्म भनेको बताए । काँग्रेसभित्र देउवाको आलोचना हुनसक्ने तर छाला धेरै दह्रो भइसकेको टिप्पणी गरे ।

Europass CV in Nepal