मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

राहदानी विभागको सर्भरमा आएको समस्या हट्यो, रोकिएको राहदानी वितरण सुरु

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डौ ।  गएको एक हप्तादेखि राहदानी विभागको सर्भरको समस्या आउँदा रोकिएको राहदानी वितरण सेवा सुरु भएको छ । गएको १७ गतेदेखि नै सर्भरमा आएको समस्या शनिवारदेखि समाधान भएसँगै राहदानी वितरण सेवा पनि सुरु भएको विभागका प्रवक्ता दुरपदा सापकोटाकाले जानकारी दिनुभयो ।

सापकोटा भन्नुहुन्छ, ‘खुसीको कुरा के भने अहिले हाम्रो सर्भरको समस्या समाधान भइसकेर शनिवारदेखि ‘स्मुथ’ चलिराखेको छ, आज पनि हामीले कुनै समस्या ‘फेस’ गरेनौँ, राहदानी वितरण पनि अब सुरु भयो ।’ विभागमा आएर सेवाग्रहीले बनिसकेको राहदानी लिइरहेका पनि उहाँले बताउनुभयो ।

विभागको सर्भरमा समस्या आउँदा ‘बायोमेट्रिक’ गरिसकेपछि बनेका राहदानी वितरण रोकिएको थियो । तर नयाँ आवेदन भने विभागले लिइरहेको थियो । प्रवक्ता सापकोटा भन्नुहुन्छ, ‘राहदानी विभागको सर्भर नचलेर राहदानी वितरण ठप्प भएको भन्ने समाचारमा आंशिकमात्र सत्यता छ, नयाँ आवेदन लिएर हामीले बायोमेट्रिक गरिरहेका थियौँ ।’

राहदानी विभागले द्रुत सेवामा राहदानी प्रदान गर्छ । त्यो भनेको तीन दिनमा राहदानी दिनुपर्छ । दि तीन दिनमा राहदानी आएन भने सन्देशसहित नागरिक किन राहदानी आएन भनेर प्रश्न गर्न आउने हुँदा त्यसको जवाफ दिने आफ्नाे दायित्व हुँदा मात्र विभागले सूचना निकालेको बताउनुहुन्छ सापकोटा ।

उहाँ भन्नुहुन्छ, ‘अरू सेवा नियमित छ भनेर हामीले सूचना निकालेका थियौँ । तपाईँले ‘एप्वान्टमेन्ट’ लिनुभएको छ भने बायोमेट्रिकका लागि आउन सक्नुहुन्छ भनेर ‘क्लियर’ भनेका थियौँ । तर बजारमा भने पासपोर्ट सेवा बन्द भन्ने ‘न्यारेटिभ्स’ बन्यो ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।