मुख्य सामग्रीमा जानुहोस्
Thursday, 29 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रचण्डको निर्देशन, पेट्रोलियम पदार्थको भाउ घट्यो

Himali Patrika 1 मिनेट पढाइ

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँ घटाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धनको मूल्य भने उच्च दरले घटाएको छ । वाहृय हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ ।

हवाई इन्धनमा बढी नाफा राख्दा यात्रुले आन्तरिक र बाहृय उडानका लागि महँगो शुल्क तिर्नुपरेको थियो । हवाई इन्धनमा चर्को शुल्क लिएको भन्दै चौतर्फी आलोचना भएपछि आइतबार आकस्मिक बसेको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ । ग्यासमा उच्च घाटा रहेकाले निगमले मूल्य घटाउन नसकिएको जनाएको छ । वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी मधुकुमार मरासिनीले सम्हाले लगत्तै आइतबारको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।