मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रवि लामिछानेको संसदमा सम्बोधन, कुनै पनि कालखण्डमा भएका भस्टाचार छानबिन गरिनु पर्छ

Himali Patrika 1 मिनेट पढाइ

२५ पुस, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापथि रवि लामिछानेले कुनै पनि काल खण्डमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले आफु गृहमन्त्री जस्तो जिम्मेवार पदमा भएकाले कुनै दवाव र अवरोध भ्रष्ट्राचारको विषयमा निष्पक्ष छानबिन गरिनुपर्ने बताएका हुन्।

सम्बोधनका क्रममा आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनी भएको बताए । आफ्नो दलले पाएको मत निराशा होइन, आशाको भएको बताएका छन् ।कतिपयले यसलाई निराशाको मत भन्ने गरेको भन्दै उनले अघि भने, ‘म यसलाई निराशाको मत होइन, नेपाली जनताले दिनु भएको आशाका मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।’

जनताले जानेर नजानेर राम्रोसँग मत दिएको उनले बताए । नयाँ दललाई नमात्तिने गरी मत दिएको र पुराना दलहरुलाई पनि सच्चिनुपर्छ है भनेर घटाइदिएको उनले बताए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।