घोराही । दाङमा हनि ट्रयापमा पारेर करोडाै रुपैया बार्गेनिङ गर्ने मुख्य योजनाकार अनुष्का सिंह पुर्पक्षका लागि कारागार चलान भएकि छिन । आज भएको थुन छेक बहसमा दाङ जिल्ला अदालतले गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकि ३५ बर्षिय अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराजले मुख्य योजना बनाई हनि ट्रयापमा पारेर फसाउन खोजेको भन्दै उनलाई कारागार चलान गर्न आदेश दिएको हो ।
जिल्ला न्यायाधीश रामप्रसाद बस्यालको एकल इजलाशले दुई वटा नागरिकता भएकि सिंहलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको छ । प्रहरीले एक पुरुष र २ जना महिलासहित ३ जनालाई पक्राउ गरेर मुद्धा चलाएको थियो । अर्कि एक जना महिला भने १ लाख धरौटि रकम तिर्न नसकेर कारागार चलान भएकि हुन भने जाहेरवाला सरकारी कागज किर्ते मुद्धामा पुरुष साधारण तारिखमा रिहा भएका छन ।
हनि ट्रयापमा पैसा असुल्न खोज्ने आपराधिक लाभ मुद्धामा घोराही १० नारायणपुरका २७ बर्षिय रुद्रबहादुर केसि, तुलसीपुर १८ ग्वारखोलाकि ३६ बर्षिय कृष्णिकुमारी बस्नेत जनही १ लाख धरौटीमा छुटेका छन । जाहेरवाला सरकारि किर्ते कागज लिखतमा मुद्धा चलाईएका प्रेमबहादुर खड्का साधारण तारीखमा रिहा भएका छन ।
व्ल्याकमेलिङ गर्दै मोटाे रकम नदिए बलात्कार मुद्भा हाल्ने भनेर ती महिलाहरुले धम्कि दिदै आएका थिए । ती पीडित ब्यबसायीले आफुलाई यौन सम्बन्धको प्रस्ताब राख्दै व्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । मुख्य योजनाकार भनीएकि अनुष्काले दुई वटा नागरिकता र स्कुटिको लाईसेन्स बनाउन जाहेरवाला प्रेमले सहयोग गरेको भन्दै दुबै विरुद्ध सरकारी कागजात किर्तेमा पनि मुद्धा प्रहरीले चलाएको थियो ।
उनिहरु बिचको मोबाईल मेसेज र मेसेन्जरको कुराकानी हेर्दा ५ करोडको बार्गेनिङ गरेको देखिएको र नगद ३० लाख बुझेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । बार्गेनिङ गरे अनुसारको थप पैसा माग्नेक्रममा उनिहरुलाई प्रहरीले समातेको थियो ।