घाइते बिना घर्ती बचाउन अन्तराष्ट्रिय रोल्पाली सेवा समाजद्वारा आर्थिक सहयोग प्रदान 

घाइते बिना घर्ती बचाउन अन्तराष्ट्रिय रोल्पाली सेवा समाजद्वारा आर्थिक सहयोग प्रदान 

हिमाली पत्रिका 

रोल्पा घर्तिगाउँमा जिप दुर्घटना परि गम्भीर घाइते भएकी २१ वर्षीया बिना घर्ती मगरको उपचारार्थ अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले आर्थिक सहयोग प्रदान गरेको छ। समाजले आइतबार दाङको घोराहीमा एक कार्यक्रम गर्दै घाइते बिना घर्ती मगरका दाइ विजय घर्तीलाई रु. १ लाख २३ हजार ६ सय ३० बराबरको रकम हस्तान्तरण गरेको हो। 

Europass CV in Nepal

अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका सल्लाहकार रामकृष्ण पुन मगर, समाजकै केन्द्रिय सदस्य दिलाराम वली, समाजसेवी बाबुलाल बुढा, सामाजिक अभियन्ता महेन्द्र घर्ती, साउदी शाखाका क्षेत्रीय अध्यक्ष चक्र पुनको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको समाजका केन्द्रिय सदस्य दिलाराम वलीले जानकारी दिनुभयो । 

रकम साउदी शाखा दमामका आर्थिक संयोजक रेशम पुनको संयोजकत्वमा संकलन गरिएको क्षेत्रीय अध्यक्ष चक्र पुन मगरले बताउनुभयो। साउदीबाट कुल रु १ लाख ५ हजार रकम संकलन गरिएको थियो भने रकम हस्तान्तरण कार्यक्रम स्थलमै रु ३ हजार ५ सय १० संकलन भएको थियो। बाँकि रकम सामाजिक अभियन्ता महेन्द्र घर्तिले संकलन गरेको रु १४ हजार ६ सय २० सहित कुल १ लाख २३ हजार ६ सय ३० रकम सहयोग प्रदान गरेको केन्द्रिय सदस्य दिलाराम वलीले बताउनु भयो। 

‘बिना मगरका लागि हाम्रो यो सहयोग पहिलो हो’, केन्द्रिय सदस्य वली भन्नुभयो, ‘हामी रोल्पाली चेलीको जीवन बचाउन जस्तोसुकै सहयोग गर्न पनि तयार छौं।’ उहाँले घाइते मगरको जीवन बचाउन  सक्दो सहयोग गरिदिन सबैलाई अपिल समेत गर्नुभयो। 

बिना मगरको हाल नेपालगन्ज  मेडिकल  कलेजमा उपचार भैरहेको छ । गत कार्तिक २८  गते रोल्पाको माडी गाउँपालिका ६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा उनको बुबाको घटनास्थलमै मृत्यु भएको थियो भने उनी गम्भीर घाइते भएकी थिइन। 

Europass CV in Nepal