मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 6 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बिना अनुमति हेलिकोप्टर उडान गरेको भन्दै हेलिकोप्टर नियन्त्रणमा

Himali Patrika 1 मिनेट पढाइ

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकाको हटियामा अनुमति बिना निषेधित क्षेत्रमा हेलिकोप्टर उडान गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अल्टिच्युड एयरको हेलिकोप्टर नियन्त्रणमा लिएको हो ।

गृह मन्त्रालयले दिएको उडान अनुमति अनुसार उडान नभरी हेलिकोप्टर सिधैं निषेधित क्षेत्रमा गएपछि प्रहरीले अल्टिच्युड एयरको ९ एन एएमएक्स कल साइन भएको हेलिकोप्टर नियन्त्रणमा लिएको छ ।

भोटखोला गाउँपालिकाको जेनेरेटर बोकेर काठमाडौंबाट उडेको हेलिकोप्टरले निषेधित क्षेत्रमा जानुभन्दा पहिले जिल्ला प्रहरी कार्यालय खाँदबारीमा अवतरण गरेर जाँच पछि मात्रै भोटखोलाको हटिया उडान गर्ने अनुमति लिएको थियो ।

प्रहरीले हेलिकोप्टरका पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएर प्रहरीचौकी हटियामा राखेको भोटखोला गाउँपालिकाका अध्यक्ष वागंछेदर भोटेले बताए । उनका अनुसार हेलिकोप्टरले भोटखोला गाउँपालिकाको माक्पालुंगमा रहेको टेलिकमको टावर सञ्चालनका लागि जनेरेटर ल्याएको थियो । चौकीका प्रहरी, दुरसञ्चारका कर्मचारी लगायतको रोहवरमा जनेरेटर हेलिकोप्टरबाट निकालिएको उनले बताए । प्रहरीले भने यस घटनाबारे गृहलाई पत्र लेखी पठाउन लागेको र गृहकै निर्देशन अनुसारको कामकारबाही गरिने जनाएको छ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।