मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

कारागारभित्रै फिल्मको स्क्रिप्ट पढ्दै पल शाह, रिहा लगतै फिल्म खेल्ने अवसर

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा अभिनेता पल शाह तनहुँ जिल्ला कारागारमा छन् । उक्त मुद्दामा नवलपुर अदालतले उनलाई साढे २ वर्ष कैद सजाय सुनाइसकेको छ । तनहुँ जिल्ला अदालतमा चाहिँ आगामी माघ ३ गतेलाई पेशी तोकिएको छ ।

कारागारभित्रै शाहले केही फिल्मको स्क्रिप्ट पढ्दै गरेको खबर यसअघि नै सार्वजनिक भैसकेको छ । यस्तोमा, उनलाई प्रमुख भूमिकामा लिने योजनासहित एक फिल्म निर्माताले शुक्रबार चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजतपत्र लिएका छन् । राया फिल्म्स प्रालिले पलको मुख्य भूमिका हुने गरि फिल्म ‘ओ सजन’ निर्माणको अनुमति लिएको हो ।

पलसहित कविता राय र आरएल लामा कलाकारको रुपमा हुने गरि निर्माण हुन लागेको फिल्मलाई शिवम अधिकारीले निर्देशन गर्ने जनाइएको छ । तीनवर्षभित्र फिल्म निर्माण गर्ने गरि निर्माताले अनुमति लिएको देखिन्छ । फिल्मको बजेट १ करोड रुपैयाँ तय गरिएको छ ।

तनहुँ जिल्ला अदालतले फैसला सुनाउन बाँकी छ । नवलपुर अदालतको फैसलालाई चुनौति दिँदै पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । अदालतबाट फैसला नआउँदै निर्माताले उनलाई लिएर फिल्म बनाउन अनुमति लिएका हुन् । गत महिना अर्का फिल्म निर्माता किरण नेपालीले पनि कारागार पुगेर पललाई भेटेपछि उनलाई लिएर फिल्म बनाउने बताएका थिए । आगामी फागुनमा पल कारागारमा रहन थालेको एकवर्ष बित्दैछ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।