मुख्य सामग्रीमा जानुहोस्
Monday, 26 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

Himali Patrika 1 मिनेट पढाइ

पोखरा, काठमाडौं ।  यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।

 

उक्त विमान यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । ७२ यात्रु क्षमताको एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन ।

दुर्घघटना स्थलबाट अहिलेसम्म २० जनाको शव निकालिएको प्रहरीले जनाएको छ।काठमाडौंबाट पोखराका लागि उडेको ९एन-एनसी एटीआर ७२ जहाज नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

जहाजमा ३ शिशु, ३ बालबालिका र ६२ वयस्क यात्रुहरू गरि ६८ जना सवार रहेका थिए।पहिलेको एयरपोर्ट र अहिलेको नयाँ अन्तर्राष्ट्रिय एयरपोर्ट बीचमा अवस्थित सेती किनारमा खसेर जहाज दुर्घटना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले पुष्टि गरेका छन्।

उनका अनुसार जहाजमा यात्रु ६८ जना र चार जना चालक दलका सदस्य थिए। अहिले घटनास्थलमा उद्धार कार्य जारी छ।जहाजमा आगो लागेको छ। आगोको मुस्लो निकै माथिसम्म देखिएको छ। जहाज क्याप्टेन कमल केसीले उडाएका थिए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।