मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

पाइलटले बस्ती जोगाउन जहाज सेती खोंचमा लगेको देखिन्छ : सुनिल रानाभाट

Himali Patrika 1 मिनेट पढाइ

आइतबार बिहान म घरमा नै बसिरहेको थिएँ।एक्कासी घर नजिकै धुवाँको मुस्लो देखियो। के भएको रहेछ भनेर म घरको छतमा गएँ।छिमेकी दाइभाउजु भने जहाज दुर्घटना भएको भनेर कराउँदै थिए। उनीहरूले जहाज दुर्घटना हुनु भन्दा अघि जहाज आकाशमा घुमिरहेको देखेका रहेछन्।

मेरो घरबाट ५ मिनेटको दूरीमा दुर्घटना स्थल पर्छ। हामी पुग्दा स्थानीयले जहाजमा पानी हाल्दै थिए।जहाज सेतीको खोंचमा खसेको छ। बाहिर केही शवहरू उछिट्टिएको अवस्थामा हामीले देख्यौं।केहीबेरमा सेना, प्रहरी, दमकल आएर उद्धार गर्न थाले।

मैले देखेअनुसार जहाजमा रहेकाहरू बाँच्ने सम्भावना ज्यादै न्यून छ किनभने जहाजमा ठूलो आगो लागेको छ।जहाज ल्याण्ड गर्ने क्रममा दुर्घटना हुन पुगेको देखिन्छ।जहाजका पाइलटले बस्ती जोगाएर जहाज सेतीको खोंचमा खसालेको देखिन्छ।

सेतोपाटी अनलाइनमा सुनिल रानाभाट लेख्छन, ‘दुर्घटना नजिकै अल्कापुर भन्ने बस्ती छ। त्यही बस्ती बचाउन चालकले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको छ।बस्तीमा जहाज खसेको भए झन् ठूलो धनजनको क्षति हुने थियो।अहिले १२ बजेसम्म पनि उद्धार कार्य जारी छ। प्रहरी र सेनाले डढेका शव निकाल्दै छन्।’

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना: अहिलेसम्म के-के थाहा छ?
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए।

जहाज पाइलट कमल केसीले उडाएका थिए।कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट ३० जनाको शव निकालिएको छ।जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए। बिहान पौने १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन।उद्धार कार्य जारी रहेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।