मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बिहानै काठमाडौं उत्रिएर पोखरा घुम्न गएका यी कोरियन बाबुछोरा कहिलै फर्किएनन

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा पर्‍यो। यो विमानमा चार चालक दलका सदस्यसहित ६८ यात्रु थिए। ५३ नेपाली र १५ विदेशी नागरिकले यात्रा गरिरहेको विमानमा दुई दक्षिण कोरियन नागरिक थिए।

१४ वर्षका बालक यू स्याङ्याङ र ४५ वर्षका यू योङचोएल आइतबार बिहानमात्रै नेपाल आएका थिए। बिहान ९ बजे एयर इण्डियाको विमानबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका कोरियन बाबुछोरा लगत्तै पोखरा लागे।

१०:३२ बजे यती एयरलाइन्सको एटीआर-७२ विमानबाट पोखरा प्रस्थान गरेका उनीहरू गन्तव्य नपुग्दै सेतीको खोंचमा विलय भए। १०: ५० मा सेती खोंचबाट टावरसँग सम्पर्कमा आएको विमान त्यसपछि सम्पर्कविच्छेद भएको थियो। लगत्तै ठूलो आवाजसहित विमान खोंचमा खसेको थियो। विमान दुर्घटनामा परेपछि ठूलो आगो लागेको थियो।

नेपालीको एक आकर्षक श्रम गन्तव्य कोरियाबाट बाबुछोरा नेपाल घुम्न आएका थिए। उनीहरू पर्यटकीय शहर पोखरासँगै अन्य क्षेत्रमा घुमघामको योजना बनाएर नेपाल आएका थिए।

दुई कोरियन बाबुछोरासँगै विमानमा पाँच भारतीय, चार रसियन, एक अर्जेन्टेनी, एक अस्ट्रेलियन, एक आइरिस र एक फ्रान्सेली नागरिक सवार थिए। दुर्घटनालगत्तै उद्धारकार्य थालिए पनि दुर्घटनास्थल विकट खोंच भएकाले ढिलो गरीमात्र उद्धारकार्य भएको थियो। दुर्घटनामा भेटिएका शव गण्डकी अस्पतालमा पुर्‍याइयो।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर जनवरी १ अर्थात पुस १७ गतेमात्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो। विमानस्थलको उद्घाटनसँगै अहिले पर्यटकीय चहलपहलको सिजन भएकाले पनि पोखरा जानेको संख्या बढ्दै गएको छ। यो दुर्घटनाले फेरि नेपालको हवाइ यात्रा सुरक्षित नभएको सन्देश दिएको हवाइ विज्ञहरू बताउँछन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।