मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

साँझको खाना खान आउछु है भन्दै निस्केका थिए पाईलट केसी

Himali Patrika 1 मिनेट पढाइ

आइतबार बिहान पोखरामा दुर्घटना भएको यती एयरलाइन्सका पाइलट कमल केसी घरबाट निस्किने वेलामा साँझको खाना खान आउने भन्दै हिडेका थिए। काठमाण्डौंको बूढानीलकण्ठ नगरपालिका इटालीटार घर भएका उनले साँझ ४ बजे आफु आइपुग्ने भन्दै श्रीमतीलाई खाना बनाएर राख्न अह्राएको पाईएको छ।

जहाज ‘ल्यान्ड’ गरेपछि सधै श्रीमती शिलालाई फोन गर्ने केसीले आइतबार भने फोन गरेनन्। साँझको खाना खाने बाचा गरेर उडान भर्न निस्किएका केसी कहिल्यै नफर्किने गरि आकाशमै हराए । एकाएक पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको खबर बाहिरियो ।

यो खवर श्रीमतीको कानमा पनि पर्यो। यतिबेला परिवार शोकमा छ । वृद्ध अवस्थामा रहेका आमाबुबा अचेत छन्। आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेको छ ।

दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जना परेका थिए त्यसमध्ये तीन जनाबाहेक बाँकी ६९ जनाको शव फेला परेको छ । तीन जनाको खोजी जारी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडेको जहाज बिहान १० बजेर ३२ मिनेटमा उडेको थियो । दुर्घटनाग्रस्त जहाजका पाइलट ६० वर्षीय केसी थिए भने को पाईलट अञ्जु खतिवडाले थिईन।

अमेरिकाबाट पाइलट अध्ययन गरेर नेपाल आएका केसी ०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाउँदै आएका थिए। केसीका दुई छोरा र श्रीमती छन् । कास्कीको रूपा गाउँपालिका–३ पोल्याङमा २०१९ सालमा केसीको जन्म भएको थियो ।

उनका आमाबुबा कास्कीमै बस्छन् । पछिल्लो समयमा सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा आएको पोखराको नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान अन्तर्गतको पहिलो विमान अवतरण केसीले नै गराएका थिए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।