कार्यक्रमहरूमा खादा, मालाको तामझाम नगर्नू : अध्यक्ष लिङ्देन

कार्यक्रमहरूमा खादा, मालाको तामझाम नगर्नू : अध्यक्ष लिङ्देन

काठामडौं, ११ मंसिर : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका कार्यक्रमहरूमा माला, खादालगायतका तामझाम नगर्न ७७ जिल्ला कार्यसमितिलाई निर्देशन दिएका छन् । पार्टीका अध्यक्ष, पदाधिकारी, केन्द्रीय सदस्य, प्रतिनिधिहरू जिल्लाको भ्रमणमा जाँदा वा स्थानीय तहका कार्यक्रममा माला, खादा, उपहार तथा कुनै किसिमको तामझाम नगर्न, सादगी व्यवहार आचरण अपनाउन मातहतका निकायलाई अध्यक्षको निर्देशानुसार सर्कुलर गरिएको राप्रपाले जनाएको छ ।

गरेर राजनीति गर्ने दिन गए

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देश लिक बाहिर गएको बताएका छन्। नवलपुरको कावासोतीमा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठक र आमसभालाइ सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यसो भनेका हुन्।

राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्रयाकमा हिँडाउन सक्ने पनि उनले बताएका छन्। आमसभामा बोल्दै अध्यक्ष लिङ्देनले केही दलका नेताले यदाकदा आफ्नो गल्ती र कमजोरी ढाकछोप गर्न राजालाई गाली गर्ने प्रवृत्तिमाथि पनि उनले प्रहार गरे।

‘राजालाई गाली गरेर राजनीति गर्ने र राजनीति टिकाउने दिन अब गए’, उनले भने। अध्यक्ष लिङ्देनले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधता भएको बताउँदै आपसी एकता कायम रहेको नेपाललाई अस्थिर र विभाजित गर्न विदेशीले धर्म निरपेक्षताको कार्ड प्रयोग गरेको उल्लेख गरे।

हिन्दु राष्ट्रको पहिचान समाप्त गर्न नेपालका राजनीतिक दल र नेताहरू विदेशी षड्यन्त्रको शिकार भएको पनि उनले बताएका छन्। अध्यक्ष लिङ्देनले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएकाले त्यसलाई परास्त गर्न बलियो राष्ट्रवादी केन्द्रको जरुरत रहेको उल्लेख गरे।

राप्रपा जनताको भरपर्दो शक्ति बन्दै गएको बताउँदै उनले लोकतन्त्र र जनताको सर्वोच्चता प्रति राप्रपा प्रतिवद्ध राजनीतिक शक्ति भएको दाबी गरेका छन्। राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले कांग्रेस र कम्युनिस्ट शासन गर्न असफल प्रमाणित भइसकेको उल्लेख गर्दै विकास, प्रगति र समृद्धिका लागि अब नेपाली जनतासँग पर्खिने समय नरहेको उल्लेख गरेका छन्।

अर्का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले देशका विकृति विसंगतिविरुद्ध जनता आन्दोलित हुनुपर्ने बेला आएको बताए। उनले जनताको तागत पटकपटक परिवर्तन गरिसकेका राजनीतिक शक्तिलाई अवगत रहेको स्मरण गराएका छन्। कार्यक्रममा महामन्त्री भुवन पाठक, नेताहरू नीलकण्ठ काफ्ले, हेमजङ गुरुङ, विन्दु पहाडी पौडेल, ताहिर अली, विष्णु अधिकारी लगायतले सम्बोधन गरे। विस्तारित बैठक मंगलबारसम्म चल्नेछ।