मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु पर्दैन : गृहमन्त्री लामिछाने

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वका लागि अब कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पार्नुभएको छ । सिंहदरबारमा आज साेमवार प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सँगको भेटमा गृहमन्त्री लामिछानेले प्रहरीको कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ त्यसैको आधारमा नेतृत्व चयन हुने बताउनुभयो ।

उहाँले सरुवा भएका प्रदेश प्रमुखले आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ निभाउने अपेक्षा गरेको बताउनुभयो । गृहमन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेपविना सङ्गठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको पनि जानकारी गराउनुभयो । गएको पुस २९ गते मन्त्रिस्तरीय निर्णयबाट उहाँहरूलाई सरुवा गरिएको थियो ।

गृहमन्त्री लामिछानेले विगतमा सरुवालाई सजायको रूपमा लिने गरिएको भए पनि यस पटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै राजनीतिक आग्रह वा पूर्वाग्रह नराखी नागरिकका हितमा काम गर्न निर्देशन दिनुभयो । उहाँले जिम्मेवारी निर्वाहमा ध्यान दिन, प्रहरी सङ्गठन र आफू मातहतमा रहेका प्रहरी कर्मचारीमा सद्भाव राखेर काम गर्न सुझाव दिनुभएको छ । प्रदेश तथा अन्य निकायमा रहेका सबै प्रहरी अधिकारीलाई उहाँले सधैँ पीडितको पक्षमा उभिन आग्रह गर्नुभयो ।

कसैको प्रभाव वा दबाबमा नपरि नागरिकको साथी बन्दै कानुनको पालनामा दृढ रहन मन्त्री लामिछानेले निर्देशन दिनुभयो । उहाँले सङ्गठनमा क्षमता भएकालाई उचित अवसर दिने तर कुनै राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्राभावित हुन नदिने अडानमा आफू रहेको स्पष्ट पर्नुभयो ।उहाँले शान्ति सुरक्षा कायम, अपराध, राजस्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा सङ्गठनले गरेको विश्वास डगमगाउन नदिन सरुवा भएका डीआईजीसँग आग्रह गर्नुभयो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।