मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 28 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रास्वपाको भागमा उपप्रधानसहित तीन मन्त्री, एक राज्यमन्त्री र उपसभामुख

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधानसहित तीन मन्त्री, एक राज्यमन्त्री र प्रतिनिधिसभको उपसभामुख पाउने भएको छ । सोमबार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा सो पार्टीले गृहसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय पाउने निर्णय भएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पार्टीका सभापति रवि लामिछानले काम थालिसकेका छन् ।

रास्वपाको भागमा एक राज्यमन्त्री पनि परेको छ । उपप्रधान तथा गृहमन्त्रीका सचिवालय संयोजक रहेका रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोराका अनुसार रास्वपाले प्रतिनिधिसभाको उपसभामुख पनि पाउने भएको छ ।सभामुख पद भने एमालेको भागमा परेको छ ।रास्वपाले मंगलबार बिहान मन्त्री बन्नेहरूको नामको टुङ्गो लगाउने भएको छ ।

स्रोतका अनुसार राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् । अरु दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लागेको छैन । अध्यक्ष लिङ्देनले पार्टीका नेताहरुसँग परामर्श गरेर मन्त्रीको टुंगो लगाउने छन् ।

 

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।