मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

राष्ट्रपति बनाउनुपर्छ भन्ने माग बढेपछि डा. रुइत भन्छन्, ‘त्यो पद मेरा लागि होइन’

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । डा. सन्दुक रुइतले राष्ट्रपति पद आफ्ना लागि नभएको बताएका छन् । मंगलबार मात्र बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका रुइतले बुधबार सञ्चारकर्मीहरुसँग सम्वाद गरेका थिए ।

त्यसक्रममा उनलाई राष्ट्रपति बनाउनुपर्छ भनेर सार्वसाधारणले दिएको प्रतिक्रियाबारे समेत प्रश्न आएको थियो ।प्रश्न सुन्नासाथ उनी हाँसे । जवाफमा डा. रुइतले लोकतन्त्रमा राष्ट्रपतिको विश्वसनीयता महत्वपूर्ण हुने बताए । अहिले त्यसको कमी रहेको र त्यसलाई विश्वसनीय बनाउन सबैले काम गर्नुपर्ने बताए ।

उनले अघि भने, ‘यो मेरो लागि होइन । मैले आफ्नो सीमा र स्थान राम्रोसँग बुझेको छु । यही कारण म अगाडि आएको हो । मैले सक्ने जति गर्ने हो, सक्ने भन्दा अरु काम गर्दिनँ ।’ अहिलेलाई यो काम (राष्ट्रपति) भन्दा आफूले गर्न सक्ने काम धेरै रहेको डा. रुइतले बताए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।