मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पाइलट केसीको सालिकसहित उद्यान निर्माण गरिने

Himali Patrika 1 मिनेट पढाइ

पोखरा । कास्कीको रुपा गाउँपालिकाले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको अर्धकदको सालिक निर्माण गर्ने भएको छ ।गाउँपालिका बैठकले केसीको स्मरणमा सालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका सबैको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

स्व. केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी थिए । गाउँपालिकाकै पहिलो पाइलट भएको भन्दै उनलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरिएको थियो । पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको ओझाले बताए ।

२०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेशाको सुरुआत गरेका केसी पछिल्लो समय यती एयरलाइन्समा आबद्ध थिए । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए ।

माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोंचमा दुर्घटना हुँदा ७१ जनाको निधन भएको छ । दुर्घटनामा परेकाहरूमध्ये एक जनाको स्थिति अझै खुलेको छैन ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।