मुख्य सामग्रीमा जानुहोस्
Monday, 7 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा

Himali Patrika 1 मिनेट पढाइ

५ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।आज बिहान विमानस्थल पुगेका मन्त्री किरातीले सरसफाइ र आगमन कक्षतर्फका लिफ्ट, स्केलेटर र ट्रयाबलेटरको पनि अनुगमन गरेको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

अनुगमनका क्रममा उनले विमानस्थलका शौचालयहरू सफा राख्न र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिएका छन् ।विमानस्थलमा आगमनतर्फ अहिले तीन वटा लिफ्ट र एक/एकवटा ट्रयाबलेटर रहेका छन् । केही दिनअघि मात्रै एक अभिनेत्री उषा रजक त्यहाँ अड्किएर लडेकी थिइन् । उनले उक्त भिडियो टिकटकमा राखेपछि भाइरल भएको छ ।

अहिले लिफ्टहरूमा ट्रली निषेध गरिएको छ । बन्ध गर्दा झन समस्या हुने भएकोले ट्रली निषेध गरेर थप व्यवस्थित गर्न लागिएको विमानस्थलका प्रमुख ठाकुरले बताए । उनले आगमनतर्फ लिफ्ट अझै थप्न आवश्यक रहेको उनको भनाइ छ । मन्त्रीले फेरि केही दिनमा अनुगमन गर्ने बताएको प्रमुख ठाकुरले बताए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।