मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रिहा लगतै ‘ओ सजन’मा काम गर्ने पल शाहको तयारी

Himali Patrika 1 मिनेट पढाइ

अभिनेता पल शाह नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा हाल तनहुँ जिल्ला कारागारमा छन् । उक्त मुद्दामा नवलपुर अदालतले उनलाई साढे दुई वर्ष कैद सजाय सुनाइसकेको छ भने तनहुँ जिल्ला अदालतमा आगामी माघ ३ गतेलाई पेसी तोकिएको छ । आगामी फागुनमा पल थुनामा परेको एक वर्ष हुनेछ।

यस्तैमा कारागारभित्रै रहेका शाहले रिहा भएपछि चलचित्र ‘ओ सजन’बाट कमब्याक गर्ने भएका छन् । शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको निर्माणका लागि पलको मुख्य भूमिका हुने गरी गत शुक्रबार चलचित्र विकास बोर्डबाट इजाजतपत्र लिइएको छ । तनहुँ कारागार पुगेर पललाई भेटेपछि निर्देशक अधिकारीले बोर्डमा चलचित्र दर्ता गरिएको हो । हुन त पलले यो चलचित्र नाबालिगलाई जबर्जस्ती करणीको मुद्दामा पर्नुअघि नै सम्झौता गरेका थिए ।

राया फिल्म्स प्रालिले निर्माण गर्ने चलचित्रमा मोडल कविता राय अभिनेत्रीको रुपमा रहनेछिन् । पल र कविताले यसअघि ‘ओ सजन’ बोलको थारु गीतमा काम गरिसकेका छन् । गीत जस्तै चलचित्र पनि थारु समुदायको कथामा निर्माण हुन लागेको हो । निर्माताले तीन वर्षभित्र चलचित्र निर्माण गर्ने गरी अनुमति लिएको छ । चलचित्रको बजेट एक करोड रुपैयाँ तय गरिएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।