मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 27 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

कांग्रेस सांसदलाई जवाफ दिंदै रबि लामिछानेले भने, गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर जाँदैन

Himali Patrika 1 मिनेट पढाइ

५ माघ, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् ।प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निर्क्यौल गरेर मात्र बैठक चलाउन माग गरेका थिए ।

सभामुखले यसबारे कुनै रुलिङ गरेनन् । तर सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थकका रुपमा संसदलाई सम्बोधन गर्ने क्रममा लामिछानेले खतिवडाले उठाएको प्रश्नको जवाफ दिएका छन् ।

उनले भने, ‘विधि र पद्धतिभन्दा बारिह गएर गृह मन्त्रालय एक इन्च बाहिर निस्किँदैन । त्यसको एउटा प्रक्रिया छ । त्यसमा कसैले दबाब र प्रभाव दिनु हुने छैन भन्ने विश्वास दिएको छु ।’ आफ्नो नेतृत्वको मन्त्रालयले कर्मचारी सरुवा बढुवामा समेत विधि स्थापित गर्न चाहेको समते उनले बताए ।

देवराज घिमिरेको गौरवमय राजनीतिक इतिहास कायम छ  

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एमाले सांसद देवराज घिमिरे सभामुख पदका लागि योग्य उम्मेदवार भएको बताएका छन् । बिहीबार सुवासचन्द्र नेम्बाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानलेले घिमिरेको गौरवमय राजनीतिक इतिहास रहेको दाबी गरे ।

सदनका सदस्यलाई घिमिरेलाई समर्थन गर्न आग्रह गर्दै लामिछानेले भने, ‘देवराज घिमिरेको राजनीतिक जीवनले गौरवमय इतिहास कायम गरेको हामी देख्न सक्छौँ । राजनीतिक हिसाबले फरक-फरक दृष्टिकोण होला तर देवराज घिमिरेबाट संसदीय मर्यादा र विधि पद्धतिलाई अझ बढी परिष्कृत गर्दै यसको मर्यादा राख्नुहुन्छ भन्ने आशा राख्दछु ।’

त्यस्तै मतदानमार्फत नागरिकले आफूहरूलाई देशको भविष्य सुम्पिएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो सबैको हातमा मतदानमार्फत यो देशको भविष्य सुम्पिएका छन् । हामीलाई विश्वास गरेका छन् । कुनै दलको स्वार्थमा होइन आम नागरिकको चासोलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ भन्ने आशा छ । विगतमा आमसरोकारका विषयमा विगतमा चुके पनि अब भने लाभहानिको हिसाब गरिनेछैन भन्ने लाग्छ ।’

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।