मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

खेल भइरहेकै बेला मैदानमा हेलिकोप्टर अवतरण गरेपछि कुटिए पाइलट

Himali Patrika 1 मिनेट पढाइ

स्याङ्जा : स्याङ्जाको वालिङस्थित फुटबल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको समयमा हेलिकोप्टर अवतरण गरेपछि स्थानीयले पाइलटमाथि हातपात गरेका छन्।पाँच दिनदेखि जारी प्रथम वालिङ् गोल्ड कप प्रतियोगिताअन्तर्गत बिहीबार अपराह्नन सेमिफाइनलतर्फ आयोजक वालिङ रातो र एभनिर एफसी बीचको खेल चलिरहेको थियो।

सोही समयमा प्रभु हेलिकोप्टर ल्याण्ड गरेपछि क्याप्टेन रमेश डंगोलमाथि हातपात भएको हो। चार्टर गरेर ल्याइएको हेलिकोप्टरमा यहाँका केही युवाहरू आक्रोशित बन्दै हातपात गरेका हुन्।

वालिङ नगरपालिकाका चार जना युवाले सो हेलिकोप्टर ४० हजार रुपैयाँमा चार्टर गरेर वालिङ ल्याएका हुन्। हेलिकोप्टर ल्यान्डपछि मैदानका खेलाडी र दर्शकहरूको भागाभाग भयो।

अनुमति बिना खेल मैदानमा ल्याण्ड गरिएको हेलिकोप्टरका बारेमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी गराएको र थप अनुसन्धान सुरु गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।