नेपालमा कतिवटा हेलिकप्टर सञ्चालनमा छन्? चार्टर गर्न कति लाग्छ भाडा ?

नेपालमा कतिवटा हेलिकप्टर सञ्चालनमा छन्? चार्टर गर्न कति लाग्छ भाडा ?

स्याङ्जाको वालिङमा बिहीवार खेल भइरहेकै बेला फुटबल मैदानमा एउटा चार्टर्ड हेलिकप्टर अवतरण गराइएको घटनाबारे विभिन्न टीकाटिप्पणी भइरहेको छ।घटनापछि एकथरीले हेलिकप्टरका चार्टर्ड उडानहरूको प्रभावकारी नियमन हुनुपर्ने तर्क पनि गरिरहेका छन्।

पूर्वसूचनाविना फुटबल मैदानमा हेलिकप्टर अवतरण गराइएको भन्नेबारे अनुसन्धान भइरहेको स्याङ्जाका नायब प्रहरी उपरीक्षक रवीन्द्र खनालले बीबीसीलाई बताए।नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पनि घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

कति छन् नेपालमा हेलिकप्टर ?

Europass CV in Nepal

नेपाली सेनाले पनि हेलिकप्टर चार्टर सेवा दिँदै आएको छ।सञ्चालक सङ्घका प्रवक्ता कँडेलका अनुसार नेपाली सेनाबाहेक हाल १२ वटा निजी कम्पनीसँग ३७ वटा हेलिकप्टर छन्।“तीमध्ये आजको मितिमा २८ वटा अहिले सञ्चालनमा छन्। कुनै कहिले मर्मतसम्भारमा हुन्छ, कुनैको इन्जिन परिवर्तन भइरहेको हुन्छ,” उनले भने।सबै उडानका लागि हेलिकप्टर सञ्चालकहरूले अनुमति लिनुपर्ने हुन्छ।

हेलिकप्टर प्रयोग
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार अनुमति नलिई हेलिकप्टर उडाएको खण्डमा केही समयसम्म उडान निलम्बन गर्नेदेखि जरिवानासम्मको व्यवस्था छ।नेपालमा हाल सञ्चालनमा रहेकामध्ये अधिकांश पाँच सिट क्षमताका हेलिकप्टर रहेका छन्।

हाल पाइलटसहित करिब १,१०० जनशक्ति सेवामा आबद्ध रहेको सञ्चालक सङ्घले जनाएको छ।“एउटा हेलिकप्टर सेवाप्रदायक कम्पनीले वर्षमा सरदर १,५०० उडान गर्ने गरेका छन् भने एउटा हेलिकप्टरले वर्षमा सरदर ५०० घण्टा उडान गर्ने गरेको छ,” कँडेलले भने।

भाडा कति पर्छ?
हेलिकप्टरको प्रकृतिअनुसार भाडा फरक हुने गरेको सञ्चालकहरू बताउँछन्।“कतिपय मानिस घण्टाका आधारमा चार्टर गर्न चाहन्छन् भने कतिपयले प्याकेजमै डिल गर्छन्,” सञ्चालक सङ्घका प्रवक्ता कँडेलले थपे।उनका अनुसार हेलिकप्टरको प्रकृतिअनुसार प्रतिघण्टा १,२०० अमेरिकी डलरदेखि ६,००० डलरसम्म हुन्छ।

सङ्घले गत अक्टोबर १ तारिखदेखि कायम गरेको दरअनुसार काठमाण्डू-धनगढी-काठमाण्डूको भाडा ८ लाख २५ हजार रुपैयाँ रहेको छ।पाँच सीट क्षमताको काठमाण्डू-सगरमाथा आधारशिविर-काठमाण्डूको भाडादर ४,५०० अमेरिकी डलर रहेको छ। सूचीमा उल्लेख गरिएअनुसार सबैभन्दा कम लुक्ला-लाम्चे-लुक्लाको ६०० अमेरिकी डलर भाडा रहेको छ।