मुख्य सामग्रीमा जानुहोस्
Sunday, 25 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

फरार सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ ।  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।शुक्रबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मौखिक आदेश हुँदा पनि सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको हस्ताक्षरमा जारी विज्ञप्ति अनुसार निज कोइरीलाई पक्राउ गरी तत्काल कारबाही प्रक्रिया अगाडि बढाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको छ ।

नेकपा एमालेबाट निर्वाचित संघीय सांसद कोइरीमाथि प्रेम बहादुर विकले कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए । ‘माननीय उपपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । निज प्रतिवादीलाई कानून बमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि सांसद कोइरी संसद्‍ बैठकमा उपस्थित भइरहँदा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै कारबाही बढाउन नसकेको भन्दै नेपाली कांग्रेसका सांसदहरूले पनि प्रश्न उठाएका थिए । साथै पत्रकारहरूले गृहमन्त्री लामिछानेलाई कोइरीलाई पक्राउ गर्न नसकेको भन्दै प्रश्न उठाउँदा लामिछानेले कतिपय अवस्थामा दोषी व्यक्तिलाई कानुन सम्मत रुपमा पक्राउ गर्न संरचनागत कठिनाइ रहेको प्रतिक्रिया दिएका थिए ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।