मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

वृद्धामाथि पिसाब गरेको आरोपमा एयर इन्डियालाई ४८ लाख जरिवाना, पाइलटको लाइसेन्स निलम्बन

Himali Patrika 1 मिनेट पढाइ

नयाँदिल्ली । भारतीय नागरिक उड्डयन प्राधिकरण (डीजीसीए) ले एक वृद्ध महिलालाई यात्रुले पिसाब गरेको मुद्दामा एयर इन्डियालाई ३० लाख भारु झन्डै ४८ लाख नेपाली रुपैयाँ जरिवाना लगाएको छ।समाचार एजेन्सी एएनआईले डीजीसीएलाई उद्धृत गर्दै एयर इन्डियालाई ‘नियमहरूको उल्लङ्घन’ गरेको आरोपमा जरिवाना गरिएको बताएको छ।

डीजीसीएले सम्बन्धित एयर इन्डिया उडानका पाइलट-इन-कमान्डको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको छ। डीजीसीएका अनुसार पाइलट आफ्नो कर्तव्य पूरा गर्न असफल भए। एयर इन्डियाको उडान सेवा निर्देशकलाई ३० लाख रुपैयाँ जरिवाना लगाएको छ।

गत नोभेम्बरमा एयर इन्डियाको विमानमा सहयात्री वृद्धामाथि रक्सी सेवन गरेका एकजना यात्रुले पिसाब गरेका थिए। यस मुद्दाका आरोपी शंकर मिश्र पक्राउ परेका छन् ।एयर इन्डियाले उनलाई चार महिनाको लागि उडान प्रतिबन्ध लगाएको छ। विमान अमेरिकाको न्यूयोर्कबाट दिल्ली आउँदै थियो । पीडित महिला विमानको फर्स्ट क्लासमा सवार थिइन् । बीबीसी

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।