मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

निराकर पाण्डेको शव बिर्तामोड ल्याईयो, सयौंका आँखा रसाए

Himali Patrika 1 मिनेट पढाइ

कम्बोडियाको आगलागीमा ज्यान गुमाएका विर्तामोड–१ का निराकार पाण्डेको शव आज बिर्तामोड ल्याईएको छ । शव आएसँगै सबैका आँखा रसाएका छन् । युवा व्यवसायी निराकार विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा हुन् ।

गत पुस १४ गते निराकारको मृत्यु भएको थियो । विदेशबाट विभिन्न प्रक्रिया पुर्याएर शब ल्याउन ढिला भएको हो । निराकारको शब ल्याउन नेपाल सरकारले सहयोग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निराकारको मृत्युमा गहिरो शोक व्यक्त गर्दै शब ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए ।

विर्तामोडस्थित निवासमा शब आउने खबर थाहा पाएर पाण्डे निवासमा विहानैदेखि हजारौं शुभचिन्तक भेला भएका थिए । शुक्रवार साँझ पाण्डेको शव कम्बोडियाबाट नेपाल ल्याइएको थियो । आज दिउँसो निराकारको कनकाई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।