मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले नेपाली रेष्टुरेन्टमा म:म खाए

Himali Patrika 1 मिनेट पढाइ

टोरन्टो। गत बिहिबार पनि सधैं झैं रेष्टुरेन्टको काममा व्यस्त थिए भरत केसी। केसी हाक्का खजाना विण्डसरका म्यानेजर हुन्।हाक्का खजाना नेपाली व्यवसायीहरूले क्यानाडाका विभिन्न शहरमा विस्तार गरिरहेको रेष्टुरेन्ट चेन हो।त्यस दिन केही समय असामान्य सुनसान भयो। रेष्टुरेन्टमा ग्राहक शुन्य बराबर भयो। डेलिभरीका लागि पनि अर्डर आउन सुस्त नै थियो।

यसै पनि चिसो मौसम त्यसमाथि क्रिसमसमा जोडतोडका साथ खर्च गरिने भएकाले जनवरी महिना व्यापारका लागि प्रतिकुल मानिन्छ।तर, साँझपख नसोचेको-नचिताएको भयो। रेष्टुरेन्टमा खाना खान ‘भिभिआइपी’ ग्राहक आए। ती व्यक्ति थिए, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो।

“सुरक्षाका केही मानिस आएर ३०-३५ जनाका लागि टेबल चाहियो भने साथै त्यसमा एकजना ग्राहक ‘भिभिआईपी’ भएको बताए” म्यानेजर भरत केसी भन्छन्, “उनीहरू जाने बेलामा भिभिआइपी को हो जान्न मन छ भनेर सोधे अनि भने प्रधानमन्त्री ट्रुडो भनेर।“

रेष्टुरेन्ट क्षेत्रमा काम गरेको ८ वर्षका दौरान त्यति ठुलो ओहदाको व्यक्तिलाई पहिलो पटक सेवा गर्ने मौका मिल्दै थियो। सकेसम्म कुनै कमजोरी हुन नदिन आफु र आफ्ना टिमका कर्मचारीलाई सम्झाए।

साँझ परेपछि प्रम ट्रुडोसहितको टोली डिनरका लागि रेष्टुरेन्टमा आयो। करिव साढे एक घण्टा बसेर उनीहरूले मोमो, चिल्ली चिकेन लगायतका परिकार खाए। प्रधानमन्त्रीले रेष्टुरेन्टको टिमसँग खुलेर कुराकानी गरे, फोटो खिचे।

करिव ७० डलर खानामा खर्च गरेका उनले १२ डलर टिप्स पनि दिएको केसीले जानकारी दिए।पहिलो पटक नेपाली मःम लगायतका परिकारसँग परिचित हुन पाएकोमा प्रधानमन्त्रीले म्यानेजर केसी लगायतलाई धन्यवाद दिए। खाना स्वादिलो भएको भन्दै प्रसँसा पनि गरे।

अझ प्रधानमन्त्री ट्रुडोले केसीलाई अटवा क्षेत्रमा पनि अर्को रेष्टुरेन्ट खोल्न सल्लाह पनि दिए।प्रधानमन्त्री ट्रुडोले किन यो रेष्टुरेन्ट नै छाने होलान् भन्ने कुरामा केसी पनि प्रस्ट छैनन्। तर, त्यहाँ आउने एकजना नियमित ग्राहक पनि प्रधानमन्त्रीसँगै डिनर गरेपछि उनैको सिफारिस हो भनेर बुझ्न गाह्रो परेन।

“प्रधानमन्त्रीको डिनरको पैसा कसले तिर्यो त?” नेपाल टचको प्रश्नमा केसीले भने, “प्रमको टेबलको पैसा उनैले तिरे। उनीसँग आएका अरु पाहुनाले आ-आफ्नो पैसा तिरे। सुरक्षाकर्मीहरूले पनि आ-आफ्नो पैसा आफैं तिरे।“ देसका प्रधानमन्त्रीलाई सेवा गर्न पाउनु आफैंमा ठुलो कुरा हो। उनीबाट नेपाली खानाले प्रसंशा पायो नै क्यानाडाका नेपाली रेष्टुरेन्ट व्यवसायीहरुलाई पनि उत्साहित बनाएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।