काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्री पदले राज्यको भार नथपिएको बताएका छन्। उनले दलीय सहमतिअनुसार उपप्रधानमन्त्री थपिए पनि भार नथपिने बताए।
उनले सुरक्षा कटौतिसमेत आफूले गरेको भन्दै उपप्रधानमन्त्री हटाउनपरे आफ्नो नाम पहिलो नम्बरमा काट्ने बताए। सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘सुरुमा जसरी सत्ताको समीकरण बन्दैगर्दा दलहरू पनि थपिँदै गए। जसका कारण उपप्रधानमन्त्री थपिएका हुन्। सबै जनाको हटाउने भए पहिले मेरोबाट हटाइदिए पनि केहि फरक पर्दैन। यो एउटा अभ्यास हो। यसले एकदमै ठूलो भार पर्दैन।’
उनले उपप्रधानमन्त्री थपिएको र यसले राज्यलाई थप भार पार्ने भन्दा एउटा प्रोटोगलका रूपमा आएको स्पष्टीकरण दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा चार जना उपप्रधानमन्त्री छन्। जसमा एमालेका विष्णु पौडेल, माओवादीका नारायणकाजी श्रेष्ठ, रास्वपाका लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन छन्।
पप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफैँले उठाउँदै आएका प्रश्नको सामना गरेका छन् । उनले उपप्रधानमन्त्री धेरै भएको जस्तो लागे आफूलाई त्यसबाट हटाए हुने पनि बताएका छन् ।
उपसभामुखको निर्वाचनपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट बाहिरिने क्रममा उनलाई सञ्चारकर्मीले प्रश्न गरेका थिए । विगतमा आफू सञ्चारकर्मी हुँदा उनले धेरै उपप्रधानमन्त्री बनाइँदा सवाल गर्ने गर्थे । शनिबार उनी आफैँले सो प्रश्नको सामना गर्नुपर्यो ।
‘हिजो चार उपप्रधानमन्त्री म्यारिज खेल्न बनाएको भन्नुहुन्थ्यो, आज तपाईंको पालामा त्यस्तै भयो’ भन्दै सञ्चारकर्मीले प्रश्न गरेका थिए । जवाफमा उनले भने, “उपप्रधानमन्त्री हटाउने भए मेरोबाट हटाउँदा भयो । राज्यलाइ भार पर्दैन ।”