९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुँडाललाई पक्राउ गरेको छ ।भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बतायो । उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
आयोगको टोलीले प्रबन्धक चुडाललाई घुस लिएको रकम सहित कार्यक्रक्षबाटै नियन्त्रणमा लिइएको हो ।अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार चुडाललाई प्रहरी नियन्त्रणमा राखिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले सोमबार दिउँसो २ बजेदेखि अख्तियारको टोली स्टिङ अपरेशनमा आएको आफूले पनि सुनेको जानकारी दिए ।
पक्राउ परेका चुडाललाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भण्डारीले जानकारी दिए । चुडाल नवौं तहका कर्मचारी हुन् । आन्तरिक टर्मिनलमा जाने पास दिँदा घुस लिएको अभियोगमा चुडाललाई पक्राउ गरिएको श्रोतले जानकारी दिएको छ ।